नेकपा एमाले धुलिखेल नगर कमिटिले २०७९ बैशाख ३० गते निर्वाचनमा एमालेबाट विजयी हाँसिल गरेका जनप्रतिनिधिहरुको धुलिखेल नगरको शहर परिक्रमा गरेर सम्पन्न गरेको छ । निर्वाचनमा नगर प्रमुखमा अशोक व्याञ्जु, धुलिखेल वडा नं २ मा अर्जुन न्यौपाने, ३ मा गणेश आचार्य, वडा ११ मा नारायण प्रसाद वडाल र वडा १२ मा मोहन प्रसाद लामिछाने सहित ५ वटा अध्यक्ष एमालेले जीतेको छ । राप्रपा एक र कांग्रेसले ६ वटा वडामा चुनाव जीतेको छ । एमालेबाट नगर उपप्रमुखमा उम्मेदवार बन्नु भएकी लालतारा अधिकारीले पराजय हुनुभयो ।
कांग्रेसका नगरप्रमुखका उम्मेदवार निराजन जंगमले ७ हजार ९ सय ३८ मत ल्याएर विजयी हुनुभयो । निकटतम प्रतिद्वन्दी एमालेकी लालतारा अधिकारीले ७ हजार ७ सय ९१ मत ल्याउनु भएको थियो । कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटा प्रमुख अतिथि हुनु हुन्थ्यो । ¥याली कार्यक्रम पश्चात धुलिखेल नगर सभाहलमा नगरकमिटीले गरेको समापन कार्यक्रमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिने कार्यत्रम तय भएको कुरा नगरकमीटी अध्यक्ष दयाराम महतले जनाउनुभयो । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष रामहरी सुवेदी, सदस्य विमला शर्मा लगायतको आतिथ्यता रहेको थियो ।
