IMG-LOGO

काभ्रे टेकवांडो ९क्ष्त्ँ० च्याम्पीयनशीप सम्पन्न

 मंगल, जेठ १०, २०७९  ---

      काभ्रे तेकवाँडो ९क्ष्त्ँ० संघद्वारा आयोजना गरिएको काभ्रे तेकवांडो ९क्ष्त्ँ०  च्याम्पीयनशीप जेष्ठ ६ र ७ गते काभ्रे जिल्लाका पर्यटक नगरी धुलिखेलमा सम्पन्न भएको छ । प्रतियोगितामा धुलिखेल न.पा वडा नं ७ का अध्यक्ष रोमी प्रसाद व्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । च्याम्पीयनशीपमा काभ्रे टेकवांडो ९क्ष्त्ँ० एकेडेमी बनेपा १० वटा स्वर्ण पदक सहित प्रथम स्थान, धुलिखेल टेकवांडो डाडाङ्ग नौ वटा रजत पदक द्वितिय तथा बुडोल टेक्वांडो ९क्ष्त्ँ० डोडाङ्ग ५ वटा गोल्ड मेडल तृतिय भएका छन् ।

      च्याम्पीयनशीपमा पुरुष तर्फ धुलिखेल टेकवांडो ९क्ष्त्ँ० डोजाङ्गका रियक्सन तामाङ बेस्ट प्लेयर तथा महिला तर्फ काभ्रे तेकवांडो ९क्ष्त्ँ० एकेडेमी बनेपाका रविना थापा मगर उत्कृष्ट बेस्ट प्लेयर भएका छन् । कार्यक्रममा धुलिखेल न.पा वडा नं ७ का अध्यक्ष रोमीप्रसाद व्याञ्जु, काभ्रे क्ष्त्ँ अध्यक्ष विशोर बरुण तथा काभ्रे क्ष्त्ँ संस्थापक अध्यक्ष तथा बागमती टेकवांडो संघका मुख्य प्रशिक्षक राजमन्दिर श्रेष्ठले सम्पुर्ण विजेता खेलाडीहरुलाई मेडल, ट्रफि तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्