धुलिखेल नगरपालिकाका नवनिर्वाचित प्रमुखले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । सोमबार स्थानीय तहको नवनिर्वाचित नगरप्रमुखको पदवहाली तथा नगर उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुको शपथ ग्रहण र निवर्तमान जनप्रतिनिधिहरुको विदाई कार्यक्रम सम्पन्न भयो । जिल्ला न्यायधिस मोहन राज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका नेताहरु, सरकारी कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
