IMG-LOGO

यस वर्षको चण्डेश्वरी जात्रा शुरु भयो

 मंगल, जेठ ३, २०७९  ---

      हरेक वर्ष बैशाख शुल्क पूर्णीमाको दिन बनेपाको ७ गाउँले मनाउँदै आएको आराध्यदेवी चण्डेश्वरीको ऐतिहासिक जात्रा आइतबारबाट शुरु भएको छ । कोभिड–१९ को कारण गत दुई वर्ष हुन सकेन । बनेपालीहरुले मूख्य पर्वको रुपमा  मनाउँदै आएको जात्रा १७ औं शताब्दीबाट शुरु भएको किवदन्तीमा उल्लेख भएको संस्कृतिविद ज्ञानकाजी मानन्धरले जनाउनु भयो । लिखित रुपमा नभए पनि जनसाधारणले हजारौं वर्ष देखि चल्दै आएको छ भन्ने भनाई  छ ।

      दुई दिन सम्म सञ्चालन हुने ,चण्डेश्वरी जात्राको पहिलो दिन बनेपाको लायकुबाट मःता पूजा – चिराग बाल्ने)बाट शुरु गरेर चण्डेश्वरी हँुदै जलेश्वर सम्म पुगेर विर्सजन हुन्छ ।  मःता पुजा पछि जात्रा शुरु भएको मानिन्छ । सो दिन  जलेश्वर महादेवमा स्नान गरेर  पूजा गर्नाले मनको इच्छा पुरा हुने, बाँझोपन भएका, गर्भपतन हुने महिलाहरुको गर्भ रहने विश्वास छ । स्वःधालबाट रित्तो रथ चण्डेश्वरी सम्म पु¥याइन्छ । भोलि पल्ट रथमा  चण्डेश्वरीको मूर्ति जात्रा गरिन्छ । बनेपाको  जात्रा हेर्न काठमाण्डौ भक्तपुर ललितपुर, सिन्धुपाल्चोक, सिन्धुली लगायतका भक्तजनहरु आउने गर्छन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्