काभ्रेमा ७३ प्रतिशत मतदाताले मतदान गरे
२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा ७२ दशमलब ४३ प्रतिशत मतदाताले मतदान गरेका छन् । ३ लाख ३ हजार ५ सय ६० मतदाता रहेको काभ्रे जिल्लामा करिब ७३ प्रतिशत मत खसेको छ । सबैभन्दा बढि बनेपा नगरपालिका ७७.८५ प्रतिशत र सबैभन्दा कम खानीखोला गाउँपालिकामा ६५ प्रतिशत मत खसेको छ । धुलिखल नगरपालिकामा ७७.७९ प्रतिशत, पनौती नगरपालिकामा ७२ प्रतिशत, पाँचखाल नगरपालकामा ७४.८८ प्रतिशत, मण्डनदेउपुर नगरपालिकामा ७५.७५ प्रतिशत, महाभारत गाउँपालिकामा ७५ प्रतिशत, नमोबुद्ध नगरपालिकामा ७५.०८ प्रतिशत मत खसेको कुरा जिल्ला निर्वाचन कार्यालय धुलिखेल काभ्रेले जनाएको छ । रोशी गाउँपालिकामा ७१.५२ प्रतिशत, भुम्लु गाउँपालिकामा ७०.२९ प्रतिशत, बेथानचोक गाउँपालिकामा ६८.५९ प्रतिशत मत खसेको छ ।
