IMG-LOGO

गठवन्धन बनेपाको संयूक्त प्रतिवद्धता सार्वजनिक

 मंगल, बैशाख २७, २०७९  ---

      स्थानीय तह निर्वाचन २०७९ का लागि नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बनेपा नगर कार्य समितिले संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका तर्फबाट बनेपा नगरप्रमुख, वडा अध्यक्ष, वडा सदस्य  र नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उप–मेयरलाई विजयी गराई समग्र बनेपाको विकासका निमित्त संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक गरिएको बनेपा नगर कार्य समिती सभापति महेश कर्माचार्यले जानकारी दिनुभयो । गुणस्तरीय शिक्षा, सर्वशुलभ उपचार, कांग्रेसको नेतृत्वमा स्थानीय सरकार भन्ने नाराका साथ अघि बढेको नेपाली कांग्रेसले निशुल्क स्वास्थ्य बीमा, एक परिवार एक रोजगार, पाँच वर्ष भित्रमा सामुदायिक विद्यालयमा गुणस्तर अभिवृद्धि गर्ने, संस्थागत विद्यालयमा छात्रवृद्धिलाई नियमित गर्ने, पक्कि सडकको पहुँच ७० प्रतिशत पु¥याउने, इन्टरनेटको पहुँच सतप्रतिशत पु¥याउने, कृषि क्षेत्रलाई आधुनिकिकरण र बजार संयत्रसँग जोड्ने, आन्तरिक आय २५ प्रतिशत पु¥याउने, प्रतिव्यक्ति आय, १४ सय डलर पु¥याउने, बेरोजगारी दर शुन्यमा झार्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

      संयुक्त प्रतिवद्धता पत्र अनुसार पाँच वर्ष भित्रमा आफ्नै स्वामित्वको आवाश भएका घर धुरी सतप्रतिशत पु¥याउने, सिंचाइको सुविधा प्राप्त जमिन ७० प्रतिशत पु¥याउने, विद्युतको पहुँच सत प्रतिशत पु¥याउने उल्लेख छ । बनेपा नगरभित्र जम्मा भएका फोहोरबाट मोहोर निकाल्ने, ऐतिहासिक धार्मिक सांस्कृतिक महत्वका सम्पदाका संरक्ष संवद्र्धन गरिने, नगर क्षेत्रमा १५ शैयाको सुविधा सम्पन्न नगर अस्पताल निर्माण गरिने, एम्वुलेन्स शवबाहन, दमकलको निःशुल्क व्यवस्था गरिने, ट्रेकिङ रुट होम स्टेको विकासमा ध्यान दिईने, युवा उद्यमी विकास कोष कार्यन्वयन गरिने, वृद्ध भत्ता घरघरमै पु¥याउने, बाल मैत्री वातावरणमा गुणस्तरीय शिक्षा दिइने, नक्सा पास र निर्माण सम्पन्न प्रकृयालाई सहज बनाईने उल्लेख छ । संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश महामन्त्री कञ्चनचन्द्र बादे, बनेपा नगर सभापति महेश कर्माचार्य, नगर प्रमुखका उम्मेदवार शान्तिरत्न शाक्य, उपप्रमुख उम्मेदवार रघुवर चौ प्रधान, घोषणा पत्र तयारी संयोजक दियशरत्न शाक्य लगायतको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्