IMG-LOGO

पंतजलीको योग जागरण अभियान बनेपामा

 मंगल, बैशाख २७, २०७९  ---

 

      पंतजली योग समिति बनेपा नगरको आयोजनामा नयाँ वर्ष बैशाख १ गतेदेखि बैशाख १४ गते सम्म बनेपा नगरको १४ वटै वडामा १ दिने योग शिविर आयोजना गरी बनेपा नगरलाई योग जागरण र योग नगरको रुपमा परिचय गराउने हेतुले योग जागरण अभियान सम्पन्न भएको छ ।

      पंतजली योग समिति काभ्रेलाई योग जागरण अभियानमा बनेपा नगरपालिकाबाट पु¥याएको सहयोगको निरन्तरतालाई बनेपा नगरका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ, उप प्रमुख रेखा सापकोटा दाहाललाई सहयोगको उच्च कदर गर्दै सम्मान गरिएको थियो । सो कार्यक्रममा नगर प्रमुख र उप प्रमुखलाई पंतजलीको योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रोविन तौजलेले दोसल्ला ओढाई मायाँको चीनो प्रदान गरिएको थियो भने योग प्रशिक्षक, सह प्रशिक्षक, योग जागरण अभियान संचालन गर्ने योग शिक्षक, सह शिक्षक र योग समितिहरुलाई नगर प्रमुख र उप प्रमुखले सम्मान गरिएको थियो । सो अवसरमा नगर प्रुमुख लक्ष्मीनरसिं बादे श्रेष्ठले बनेपा नगरपालिकाले पूर्वाधार विकासको साथै मानविय विकासको कार्य गरिरहेको र स्वस्थ बनेपा निमार्ण गर्ने तर्फ पंतजली योग समिति काभ्रेले प¥ुयाएको देनको उच्च मुल्याङ्कन गर्नुभएको थियो ।

      यस्तै उप प्रमुख दाहालले आफ्नो कार्यकालमा सोचे जस्तै उत्कृष्ट कार्यहरु गर्न पाएकोमा सन्तुष्ट व्यक्त गर्दै स्वस्थ जीवनको लागि पंतजलीले पु¥याएको योगदान प्रति खुसी व्यक्त गर्नुभयो । पंतजली योग समिति बाग्मती प्रदेशका अध्यक्ष ग्रोविन तौजलेले योगको माध्यमबाट समाजको रुपान्तर सम्भव भएको र स्वस्थ समाजको निमार्ण हुने भएकोले र योगले मात्रै व्यक्ति, समाज र राष्टलाई नै परिवर्तन गर्न सकिने भएको हुनाले आगामी निर्वाचनबाट निर्वाचित भई आउने जनप्रतिनिधिहरुले योग अभ्यासलाई प्राथमिकतामा राखिदिनुहुन अनुरोध गर्नुको साथै ध्यानाकर्षण गर्नुभयो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका नि.व. अध्यक्ष मोतीराम तिमल्सिना, पंतजली योग समिति काभ्रेको पूर्व अध्यक्ष दमन कुमार श्रेष्ठ, पंतजली योग समिति बाग्मती प्रदेश सल्लाहकार सरिता शाक्य, पंतजली योग समिति बाग्मती महिला अध्यक्ष अनु श्रेष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायष्ठ, उपाध्यक्ष ईन्दिरा तौजले, नगर उपाध्यक्ष सुभाषना श्रेष्ठले मन्तव्य राख्नुभएको कार्यक्रममा स्वागत मन्तव्य पंतजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले गर्नुभयो । उक्त कार्यक्रम पतंजली योग समिति बनेपा नगरसभापति मनिशा वडालको सभापतित्वमा सम्पन्न भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्