अर्किट इन्टरनेशनल एकेडेमी बनेपाको १२ औं बार्षिक उत्सव तथा दिक्षान्त समारोह अभिभावक दिवस विदाई समारोह शनिवार सम्पन्न भयो । व्यवस्थापन समिति अध्यक्ष अनिता कारञ्जीतको सभापतित्व तथा सञ्चालक अध्यक्ष पुकार कारञ्जीतको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको थियो। विद्यालयको प्रिन्सिपल अनिता प्रजापतिले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा २० जना विद्याथी दिक्षित भएका छन्। बालमैत्री मन्टेश्वरी विधिवाट शिक्षण सिकाइ हुने उक्त विद्यालयमा १ सय ७० बालबालिका अध्ययनरत छन्। विद्यालयका पूर्व अध्यक्ष रोषन श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष रमेश प्रसाद न्यौपाने, विद्यालयका सचिव रंजीत पलाञ्चोके, चेष्टा सारताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।
