IMG-LOGO

शिक्षा, सुन्दर, सभ्य सुसंस्कृत विवेकशिल साझाँ

 मंगल, बैशाख २७, २०७९  ---

पार्टीको पनौती नगर घोषणा पत्र सार्वजनिक

      २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विवेकशील साझाँ पार्टी काभ्रेका युवानेता भुषण कुमार श्रेष्ठले पनौती नगरपालिकाको शासन, पारदर्शीता र भ्रष्टाचारको अन्त्यको लागि आफुले पनौतीको नगर प्रमुखमा उम्मेदवारी दिइ नगरको १२ वटै वडामा घर दैलो अभियानमा जुटेको वताउनुभयो । नगरको विकास र समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउन ६ ’स’ अर्थात शिक्षा, सुन्दर, समृद्ध, सभ्य, सुसंस्कृत र स्वस्थ नगर बनाउनका लागि ५ वर्षको लक्ष्य सहित ५९ बुदे घोषणा पत्र सार्वजनिक गरी जनताको घर दैलो अभियानमा जुटेको कुरा पनौतीका नगर प्रमुख प्रतिस्पर्धामा उत्रेका भुषण कुमार श्रेष्ठले काभ्रे टाइम्सलाई बताउनुभयो ।

      स्रोत पहिचान गरेर आफ्नो जिल्लाबाट श्रम बेच्न खाडी, मलेसिया जानेहरूलाई स्वदेश फर्काएर व्यवसाय गर्न नगर भित्रै रोजगारी दिने प्रवन्ध गर्ने, नगर भित्रका १६ वर्षदेखि ६५ वर्ष उमेरका व्यक्तिहरू महिनाको एक पटक श्रमदान गर्नुपर्ने विवेकी नीति ल्याउने, नगरको फोहोरको दिगो व्यवस्थापन गरी फोहोरलाई मोहरमा बदल्ने कार्य गर्ने कृषि, पर्यटन, घरेलु तथा साना उद्योग सञ्चालन गर्न प्रोत्साहित गर्ने, नगर भित्र वधशालाको व्यवस्था गर्ने, हरेक वजमा जेष्ठ नागरिक आश्रम डेकेयर सेन्टर खोल्ने र जेष्ठ नागरिक आश्रम खोल्ने, पनौती नगर भित्रको कालोपत्रे सडकको संरक्षण गर्ने र अव्यवस्थित पार्किङलाई स्मार्ट पार्किङको रूपमा रूपान्तरण गर्ने लगाएतको ५९ बुदे घोषणा पत्र सार्वजनिक गरेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्