IMG-LOGO

नयाँ युवा जिल्ला इकाईको फुटसल प्रतियोगिता

 मंगल, बैशाख २७, २०७९  ---

 

नयाँ युवा नयाँ सोच जिल्ला इकाई काभ्रेले शनिबार बनेपा फुटसलमा पहिलो समर कप फुटसल प्रतियोगिता २०७९ सम्पन्न गरेको छ । प्रतियोगितामा फुटबल क्लब ब्ल्याकमाण्डु धुलिखेल प्रथम, काठमाडौं स्थित सूर्य फुटबल क्लब दोस्रो हुन सफल भएको छ । नयाँ युवा नयाँ सोच काभ्रेका अध्यक्ष दिपक खत्रीको सभापतित्व एवं समाजसेवी रोशन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको फुटसल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरियो भने दोस्रो हुने टिमलाई नगद १५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।  १७ टिमहरू दर्ता भई आफ्नो उत्कृष्ट खेल प्रदर्शन भएको प्रतियोगितामा उत्कृष्ट खेलाडी युगेश श्रेष्ठ, उत्कृष्ट गोलकिपर दिपेश श्रेष्ठ र उच्च स्कोरर कैलाश लामिछाने लाई सम्मान गरियो ।

      कोरोना महामारीका कारण आफ्ना पुर्वनिर्धारित कार्यक्रमहरु पछाडि धकेलिएता पनि संस्थाले आफ्नो सक्रियता नियमित राखेको नयाँ युवा नयाँ सोच जिल्ला इकाई काभ्रेका उपाध्यक्ष विश्वास पौडेलले बताउनुभयो । प्रतियोगिता सफल बनाउन बनेपा वडा नं ६, गोल्डेन इस्पोन , हिमालय ए.सी. हाउस धुलिखेल, धुलिखेल जिप लाइन, गुराँस लाइफ इन्स्योरेन्स, प्ले ग्राउण्ड स्पोर्ट्स हाउस, बुडोल सामुदायिक साकोस , स्वर्गिय अत्तरकाजी दिकपाल स्मृति कोष, माँ चण्डेश्वरी सप्लायस्, क्यास्टेल्लो काश्मिर काठमाडौं, काभ्रे टाइम्स साप्ताहिक, रेडियो एबीसी ८९.८ लगायतले सहयोग गरेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्