काभ्रेका १३ वटै स्थानीय तहमा नेकपा एमालेको जन उत्तरदायी सरकार बनाउने महाअभियानमा सामेल हुन नेपाल वुद्धिजीवी परिषद काभ्रेले अपिल गरेको छ। गठवन्धनको सरकार विरोधि सशक्त प्रतिकार, राष्ट्रियताको शसक्तिकरण, संविधानको रक्षा, आर्थिक विकास र समृद्धिका लागि सूर्य चिन्हमा मतदान गर्न परिषदले आग्रह गरेको हो। नेपाल वुद्धिजीवी परिषद काभ्रे अध्यक्ष डा. अम्बुभवानी कार्की द्वारा हस्ताक्षरीत विज्ञप्तीमा जनताको विश्वास कुनै साँठगाँठ सँग नभई नेकपा एमाले एक्लै निर्वाचनमा होमिएको दावी गरिएको छ ।
