IMG-LOGO

नेपाली कांग्रेस पाँचखालको कोण सभा

 मंगल, बैशाख २७, २०७९  ---

 

      नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र्र बानियाले एमाले पार्टीलाई भ्रष्टाचार, डनबाद, धनबाद र भ्रमबादको संज्ञा दिनु भएको छ । पाँचखाल नगरपालिकामा आयोजित चुनावी कोणसभालाई आइतबार सम्बोधन गर्दै उहाँले गठबन्धनलाई कुनै पनि हालतमा विजयी गराई जनमुखी, सेवामुखी, न्यायमुखी कार्यका लागि सहयोग गरिदिनु हुन अपिल गर्नुभयो । मित्रवत्, प्रतिस्पर्धात्मक ढङ्गले चुनाव लड्न आफ्ना कार्यकर्ता हरुलाई निर्देशन दिदै बानियाले बागमती प्रदेशकै उत्कृष्ट घोषित भईसकेको पाँचखाल नगरपालिकामा गठबन्धन विजयी भएमा अहिले सम्म नपाएको कुनै शिर्षकको बजेटमा ४ गुणा थपेर पास गर्ने घोषणा गर्नुभयो । 

      कार्यक्रममा नेकपा माओवादी केन्द्रीय सदस्य रुकु चौलागाईले समग्र पाँचखालको विकास र समृद्धिका लागि गठबन्धनको नेतृत्वमा पद हस्तान्तरण गरिनु पर्ने उल्लेख गर्नुभयो । पाँचखाल नगरपालिका प्रमुख पदका उम्मेदवार महेश खरेलले आफूलाई टुरिष्ट मेयर भन्नेहरुलाई एक पटक पाँचखालका सबै वडा घुमिदिन आग्रह गर्नुभयो । विगत पाँच वर्षमा आफूले स्थानीयका समस्या समाधानका लागि सबै वडाका बाटोहरु पिच, ढलान, कृषिमा आधुनिकीकरण, गुणस्तरीय शिक्षा, राजधानिको बैकल्पिक शहर लगायतका मुख्य विषयमा उत्कृष्ट कार्य गरेको दावी गर्नुभयो । आफू पाँचखालको विकासमै केन्द्रीत भएको भन्दै खरेलले विकासका नाममा राजनीतिकरण नहुनेमा विश्वस्त हुन नगरवासीमा आग्रह गर्नुभयो ।

      पाँचखाल नगरपालिका उपप्रमुखका उम्मेदवार चेतप्रसाद गौतम (मणी) ले शान्ति प्रकृयाको मर्म अनुसार भएको गठबन्धनलाई पालिकामा विजयी गराउन अनुरोध गर्दै जनताको सुख दुःखमा सदैब साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्री निमा लामा, नेपाली कांग्रेसका नेता एवं कलाकार भुवन केसी, रविन्द्र खड्का लगायत पाँचखाल नगरवासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्