नेकपा एमाले पाँचखाल नगरकमिटीले पाँचखाल नगरमा उम्मेदवार बनेका सबै उम्मेदवारलाई जिताउने अभियानमा नगरवासीको सबैको घर दैलो अभियानमा जुटेको कुरा नगरकमिटी अध्यक्ष विष्णु पौडेलले काभ्रे टाइम्सालई बताउनुभयो । नकेपा एमाले काभ्रेका युवा नेता कञ्चन अधिकारी पाँचखाल नगरपालिकाको नगर प्रमुखमा, उपप्रमुखमा सूर्यमाया दनुवार चुनावी प्रतिस्पर्धामा उत्रनु भएको छ ।
पाँचखाल नगरपालिकाको एमालेबाट चुनावी मैदानमा उत्रेकाहरुलाई जीताउने अभियानलाई साकार पार्न लागी पर्नु भएका नेकपा एमाले पोलिटब्यूरो गोकुल बाँस्कोटाले एमाले पार्टी देशकै विकासको संवहाक भएको उल्लेख गर्दै भन्नुभयो । जनताका जनजीविकाको सवाल गाउँ र नगरको समग्र विकास गरी समृद्धिको यात्रामा पुग्ने संकल्पको साथ अघि बढेको बताउनुभयो । सत्ता घटक कांग्रेस सहितको ५ दलिय गठबन्धन देश विगार्ने तत्व भएकाले उनीहरुलाई जनताहरुले पत्ता साफ गर्नु पर्ने धारणा एमाले पोलिटब्यूरो गोकुल बाँस्कोटाले राख्नुभयो ।
