चुनावको मुखैमा विप्लवको नेकपा दुई फ्याक भएको छ । चुनावलाई उपयोग गर्नुपर्छ भन्ने विप्लव र प्रकाण्ड पक्ष हुन भने यो चुनाव बहिष्कार गर्नुपर्छ भन्ने धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वली पक्षमा मतान्तर भएपछि एक पक्षले अर्को पक्षलाई कार्वाही गरेर दुनियाँ हँसाएका छन् । हुन त विप्लवको रहस्य त्यही दिन सकिएको थियो जुन दिन उनी ओली सरकारसँग ३ बुँदे सम्झौता गरेर सार्वजनिक भएका थिए ।
दोस्रो प्रचण्ड हुने महत्त्वाकांक्षी बोकेर तत्कालीन एनेकपा माओवादी फुटाउन मोहन वैद्य किरणलाई उक्साउने विप्लव उर्फ नेत्रबिक्रम चन्दको पार्टी चुनावको मुखमा फुट्नुको कारण उठाएको चन्दाको रकम नै मुख्य कलह हो भनिन्छ । चुनाव एउटा निहुँ भएको भन्ने कुरा यत्रतत्र सर्वत्र चलेको छ ।
