IMG-LOGO

नेकपा एमाले बनेपाको प्रतिवद्धता–पत्र, सुशासन, समृद्धि र समाजवादको आधार

 मंगल, बैशाख २०, २०७९  --

 

      नेकपा एमाले बनेपा नगर कमिटीले शनिवार पत्रकार सम्मेलमार्पmत पतिबद्धता–पत्र सार्वजनिक गरेको छ । सुशासन, समृद्धि र समाजवादको आधार पालिका पालिकामा एमालेको सरकार भन्ने नाराका साथ बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटाले प्रतिवद्धता पत्र पढेर जानकारी गराउनु भएको थियो । नगर प्रमुखका उम्मेदवार नेकपा एमालेका युवा नेता रत्नकुश रञ्जीतकारले बनेपा नगरको समग्र विकास गरेर नागरिकहरुको जीवनमा आर्थिक समृद्धि मुखमा हाँसो र खुसि ल्याउने योजनाका साथ आपूm बनेपा नगरको प्रमुखको उम्मेदवार बनेको धारणा राख्नु भयो । एमाले बनेपाबाट निर्वाचित भए, ५ वर्ष भित्र बनेपाको मुहार फेर्ने घोषण सहित प्रतिषद्धता पत्र सार्वजनिक गरेको छ । शिक्षा तर्पm सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार, विश्व वजारमा विक्ने शिक्षा प्रदान गर्ने, विद्यालयहरुलाई शैक्षिक पूर्वाधारको सम्पूर्णको विकास गर्ने, प्राविधिक र सिपमुलक शिक्षा प्रदान गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरेर विपन्न, वर्ग, दलित, जनजाती, अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क बीमा गरिने जनाएको छ ।

      १४ वटै वडाका स्वास्थ्य संस्थाबाट गुणस्तरीय वृद्दि सहितको स्वास्थ्य सेवा प्रदान गर्ने, विपन्न, दलित जनजाति, अपाङ्गता भएका व्यक्ति, एकल महिला, जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, सिद्धार्थ विश्वविद्यालयलाई नेपाल सरकारले अधिकण गरेको जग्गालाई सरकारसँग समन्वय गरी नीजिक्षत्रको साझेदारीमा मेडिकल कलेज कम्तिमा १ सय शैयाको अस्पताल निमार्ण गरेर अस्पतालबाट स्वास्थ्य बीमा गरिएका नागरिकहरुलाई प्रभावकारी सेवा प्रवाह गर्ने, । बनेपाको ग्रमीण भेग र शहरी क्षेत्र दुवैमा एक घर एक धारा जडान कार्य १ वर्ष भित्र सम्पन्न गर्ने । फोहोरलाई मोहर बनाउनका लागि उचित प्रबन्ध गरिने छ । फोहोरको दिगो व्यवस्थापनका लागि खरिद गरेको जग्गामा पूर्वाधार सडक निर्माण कालोपत्रे गर्ने, उक्त स्थानमा प्रविधिमैत्री तरीकाबाट फोहोर मैलोको दिगो व्यवस्थापन गरिने छ ।

      कृषि वैकल्पिक कृषि तथा पशुपालन व्यवसायलाई निर्वामुखी मात्र हैन व्यवसायिक ढङ्गबाट अघि बढाउन कृषि औजारमा अनुदान, विउविजनमा सहुलयत र सायनिक मलको सहज उपलब्धता, युवा वर्गलाई व्यवसायिक कृषिमा आकर्षण गर्न सहुलीयत कर्जा उपलब्ध गर्ने, धार्मिक तथा पर्यटन क्षेत्रको संरक्षण सम्वद्र्धन गरी आवश्यक पूर्वाधारको विकास गर्ने र पर्यटनलाई आर्कर्षीत गर्ने, बनेपा ९ को अन्तरराष्ट्रिय कलाकेन्द्रको निर्माण योजनालाई यथा सिघ्र सम्पन्न गर्ने बनेपा ३, १, १० र १३ मा निर्माणधिन बासुकी धार्मिक पर्यटन स्थललाई यथा सिघ्र सम्पन्न गर्ने ।

      बनेपा नगरको सडक सञ्जाल कालो पत्रे गर्न बाँकी रहेका सबै क्रमिक रुपमा कालोपत्रे गर्दै  जाने । नगरको १४ वटा वडा जोड्ने चक्रपथको निमार्णलाई पूर्णता दिने, रोजगारी श्रृजना गर्न घरेलु तथा साना उद्योगलाई प्रोत्साहित गर्ने महिलाहरुको आर्थिक शसक्तीकरण, बाल मैत्री, अपाङ्ग, मैत्री जेष्ठ नागरिक मैत्री शहरकोरुपमा व्यवस्थित शहर निर्माण गर्ने, नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गरिने जसले गर्दा शहर प्रविधि मैत्री बन्न सकोस । रोजगारी मुलक उद्योगलाई ३ वर्षका छुटको प्रबन्ध गरिने छ । कृषि उद्योगलाई निः शुल्क दर्ता आयकरमा ७५ प्रतिशत छुटको प्रबन्ध गरिने लगाएतका प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमीटी सदस्य कुमार तिमल्सिना, नेकपा एमाले काभ्रेका सहः सचिव राजकुमार सापकोटा, नेकपा एमाले युवानेता हरीशरण दाहाल, रामशरण दाहाल लगाएत एमाले काभ्रेका कार्य कर्ता लगाएको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्