IMG-LOGO

बनेपा नगर कांग्रेसको पत्रकार सम्मेलन

 मंगल, बैशाख २०, २०७९  --

      नेपाली काँग्रेस बनेपा नगर समितिले बिहिबार पत्रकार सम्मेलन गर्दै आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका बारेमा जानकारी दिएको छ । बनेपामा मेयर र उपमेयर पदका आकांक्षीहरुले नेपाली काँग्रेसको उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । मेयरका उम्मेदवार शान्ति रत्न शाक्यले सडक, खानेपानी, सरसफाइ, फोहोरमैला, शिक्षा, स्वास्थ्य जस्ता विषय प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका थिए । कांग्रेसभित्र एकता छैन भनेर विपक्षीहरूले हल्ला फैलाएकोले बनेपा काँग्रेसले भेला गरेर एकजुट भएको पुष्टि गरेको बनेपा नगर सभापति महेश कर्माचार्यले जानकारी दिनुभयो । कार्यक्रममा बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, नेताहरु प्रचण्डराज प्रधान, कृष्णगोपाल भैल, सुरकृष्ण बैद्य, सरस्वती बैद्य लगायतले बनेपा काँग्रेसमा कुनै गुट नभएको बताउँदै गठबन्धन उम्मेदवार जिताउन एक भएर लाग्ने जानकारी दिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्