नेकपा एमाले धुलिखेल नगरसमिति धुलिखेल नगरको विकास र समृद्धिलाई हाक्ने छनौट भएका पार्टीले टिकट दिएका उम्मेदवारलाई जिताउने अभियानमा सशक्त रुपमा लागेको कुरा नगर अध्यक्ष दयाराम महतले काभ्रे टाइम्सलाई बताउनुभयो । धुलिखेलमा रहेको १२ वटा वडामा दैनिक कार्य तालिका अनुसार चुनावी प्रचार प्रशारका साथ जनताको घरदैलोमा मत माग्ने क्रम जारी रहेको कुरा नगर सचिव विष्णु काभ्रलीले जनाउनुभयो । नेकपा एमाले काभ्रेका अध्यक्ष एवं धुलिखेल नगरपालिका नगर प्रमुखका उम्मेदवार अशोक व्याञ्जुले कार्यकर्ता र जनताहरुको उत्साह भरिएको र नेकपा एमालेलाई जिताउन धुलिखेल बासी बैशाख ३० गते पर्खेर बसेको बतउनुभयो ।
त्यस्तै गरी नगर उपप्रमुखको उम्मेदवार लालतारा अधिकारीले घरदैलो अभियानमा हामी लागेको बताउँदै जनताका जनजीविकाको सवाल, विकासको चाहनालाई हामीले अभिलेखिकरण गरेका छौँ । हामी त्यसलाई पुरा गर्न प्रतिवद्ध भएर लागि परेको बताउनुभयो । चुनावी अभियानमा नेकपा एमाले बागमती प्रदेश सदस्य विमला शर्मा, नेकपा एमाले काभ्रेका युवा नेता उद्धव चौलागाई, विनोद पराजुली १२ वटै वडाका एमालेबाट वडा अध्यक्षको उम्मेदवारहरु, वडा सदस्यका उम्मेदवार, जनवर्गीय संगठन, टोलकमीटीका सदस्यहरुमा सम्मीलीत भई चुनावी अभियानमा लागेको कुरा नेकपा एमाले धुलिखेल वडा नंं ८ का सचिव मिलन गौतमले बताउनु भयो ।
