यो चुनावमा पनि मेयरको टिकट नपाए पछि बनेपा नगरपालिकाका मेयर लक्ष्मिनरसि बादे एमाले नेता गोकुल बास्कोटा प्रति आगो भएका छन् । २०६४ को प्रहिलो संविधानसभाको चुनावमा राप्रपाबाट एमाले बनेका बादेको पृष्ठभुमि प्रहरीसेवा हो ।
पाँच वर्षमा बनेपालीलाई पानी पनि खुवाउन नसक्ने मेयर बादे यो चुनावमा उठेका भएपनि नराम्रोगरि पछारिन्थे अहिले गोकुलले झुक्याएको भनेर रत्नकुशको उछित्तो काडेर जानेबेलामा एमाले पार्टी र बनेपा नगरको मेयर पदबाट समेत राजिनामा दिने कुराको धोषणा शनीबार आयोजित पत्रकार सम्मेलनमा मेयर बादेले बताएका हुन् । कम्युनिष्ट प्रति नै रुष्ट बनेका लक्ष्मीनरशिहले कम्युनिष्ट निकट सञ्चारकर्मीलाई थाहै नदिई पत्रकार सम्मेलन गरे ।
