धुलिखेल, काभ्रेको कारागारका कैदीबन्दीहरुका लागि ३ थान कम्प्युटर सेट प्रदान गरिएको छ । इको रिसोर्टमा काभ्रेको रोटरी क्लबहरुको डिष्ट्रिक्ट गभर्नर भ्रमण कार्यक्रमको अवसरमा डिष्ट्रिक्ट गभर्नर रोटरीयन सन्तोष रिजालको आतिथ्यतामा रोटरी क्लब अफ काभ्रे भ्यालिद्धारा डि.एस.पि हरि खतिवडालाई कम्पुटर सेट हस्तान्तरण गरेको थियो ।
काभ्रे जिल्लाको धुलिखेल स्थित जिल्ला कार्यालय कारागारमा यहाँ पढ्दै र पढाउदै गरेका सबै सजाय काट्न आएका कैदीबन्दी रहेका छन् । त्यस कारागारमा विभिन्न विषयहरु पढ्दै गरेका कैदिबन्दीहरु प्नि कारागार जिवन व्यतित गर्दै आएका छन् । रोटरी क्लब अफ काभ्रे भ्यालिका अध्यक्ष अनुप कुमार श्रेष्ठले नयाँ प्राविधियुक्क्त शिक्षा प्रदान गर्ने उद्धेश्यले सकारात्मक परिवर्तन र सोचको विकास मानी सहयोग गर्न तत्पर भए । आफूले गरेको गल्तीको सजाय भोग्न कारागारमा बन्दी जीवन बिताइ रहेका अवसरलाई पश्चतापको रुपमा लिदै आफूमा भएको ज्ञानबाट सिक्न पाउँदा खुसी भएको कैदिबन्धिहरूको भनाइ छ । यसरी सञ्चालित कक्षाबाट कैदीबन्दीले समयको सदुपयोग संगै ज्ञान प्राप्त गर्ने अवसर समेत पाएका छन् । कारागार सुधार गृह पनि हुन् यसैगरी कैदीलाई शिक्षा दिन सकियो भने यसले उनीहरुमा ठूलो सुधार ल्याउने छ ।
२०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बनेपा र धुलिखेल नगरपालिकाबाट नेपाली कौग्रेस र नेकपा एमालेको तर्फबाट सर्वसम्मान र जिल्ला पार्टी कमीटीबाट उम्मेदवार छनौट भइ टिकट प्राप्ट गरेका वडा अध्यक्षका उम्मेदवारहरुसँग विजयी हुने आधारहरु के छन् ? वडा अध्यक्षमा विजयी हाँसील गरेपछि वडाको समग्र विकास गर्ने नयाँ योजनाका साथ प्रतिवद्धता के छ त ? भन्ने सवालमा रेडियो एविसीमा गरिएका कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
