ईलाका प्रहरी कार्यालय बनेपा, काभ्रेका नवनियुक्त प्रहरी निरीक्षक नारायण थापाले ईलाका क्षेत्रमा शान्ति सुरक्षा कायम राख्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ । पत्रकार सँगको भेटघाट कार्यक्रममा उहाँले शान्ति सुरक्षामा कुनै कमी हुन नदिने, आपराधिक क्रियाकलापलाई न्यूनिकरणका लागि विशेष पहल गरिने उल्लेख गर्नुभयो । त्यसै अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका नवनियुक्त प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले सडक दुर्घटना न्यूनिकरणका लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले शान्ति सुरक्षा, दुर्घटना न्यूनिकरण गर्न नवनियुक्त प्रहरी निरिक्षकद्वय लाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
