आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न नेपाली कांग्रेस ५ दलिय गठवन्धनका कार्यकर्ताहरु , नेकपा एमालेका कार्यकर्ता र उम्मेदवारहरूले विभिन्न सांस्कृतिक झाँकी सहित काभ्रे जिल्लाको १३ वटै पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गएका छन् । नेकपा एमाले धुलिखेलले पनि १२ वटै वडाका वडा अध्यक्ष सहितको टोलीले हिजो उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमाले काभ्रेका अध्यक्ष समेत रहेका अशोक व्याञ्जु समेत धुलिखेल नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिनुभएको छ । यस अघि २०७४ सालको स्थानीय निर्वाचनमा पनि नगर प्रमुखमा ७ हजार ९ सय ८१ मत ल्याई विजयी हुनु भएको थियो । नेपाली कांग्रेसका रमेश हुमागाईले ५ हजार ४ सय ८ मत प्राप्त गरी दोश्रो स्थान हासिल गर्नु भएको थियो।त्यसै गरी नेपाली कांग्रेस बनेपा नगरले पनि विभिन्न सांस्कृतिक झाँकी सहित आफ्ना उम्मेदवारको उम्मेदवारी निर्वाचन कार्यालयमा दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका कार्यकर्ता १४ वटै वडाका वडा अध्यक्ष सहित उम्मेदवारहरुको सहभागितामा सांस्कृतिक झाँकीहरु बनेपा परिक्रमा गरेको थियो। नगर प्रमुखका उम्मेदवार शान्ति रत्न शाक्य, त्यस्तै गरी गठवन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका बनेपा नगरपालिका उप–प्रमुखको उम्मेदवार रघुवर चौप्रधान, वडा अध्यक्ष सहितको टिमले निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएको थियो । त्यस्तै गरी नेकपा एमाले बनेपा नगर कमीटीले एमालेको तर्फबाट नगर प्रमुखको उम्मेदवार बन्नु भएका रत्नकुश रञ्जीत, उप–प्रमुख विमला सापकोटा,१४ वटै वडाका अध्यक्ष सहितको टिमले निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका कार्य कर्ताहरूले सांस्कृतिक झाँकी साहित नगर परिक्रमा गरिएको थियो ।
