७७ वटै जिल्लाबाट निर्वाचन कार्यालयहरुले २०७८ चैत्र मसान्त सम्म पठाएको मतदाताहरुको विवरणलाई निर्वाचन आयोगले अन्तिम रुप दिएको हो । नामावलीमा अपडेट नभएर त्रुटि भएका देशभर दुई देखि साढे दुई लाख जति नाम रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपोलियाले जनाउनुभयो । यसले खसेको मतको २ प्रतिशत दर घटाउने अवस्था हुन्छ । प्रमुख आयुक्त थपोलियाले भन्नुभयो । तर मरेका सबै मानिसले मृत्यु दर्ता गर्दैनन् । बसाई सराई गरेका सबैले दर्ता गर्दैनन् । सबै पालिकाबाट नामावली अद्यावधिक गरेर सिधै केन्द्रमा पठाउने प्रवन्ध नगरिन्जेल यस्तो समस्या भने निरन्तर आइरन्छ । यस्तो कार्यमा निर्वाचन आयोगले ध्यान दिनु पर्नेमा नदिदाँ थप समस्या आएको हो । मृतक मतदाताको नामबाट अरुले मतदान गरे दुरुपयोग हुन सक्ने कुरा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले बताउनुभयो ।
