IMG-LOGO

वडा अध्यक्षमा सर्वसम्मत उम्मेदवार को को ?

 मंगल, बैशाख ६, २०७९  ---

      नेपाली कांग्रेस बनेपामा बडा नं.१२ मा दिलिप तामाङ वडा नं ३ मा हरिभक्त श्रेष्ठ र बडा नं ४ मा टुलकुलामा सर्वसम्मत बडा अध्यक्षको  उम्मेदवारमा छनोट हुनु भएको छ। एमाले बनेपा वडा नं ४ मा श्याम श्रेष्ठ, वडा नं ६ मा कृष्ण तिमल्सिना, वडा नं १० मा चन्द्र बहादुर खडका , बडा नं ११ मा शिव कुमार थापा, वडा नं १२ मा राम बहादुर कुँवर , वडा नं १३ मा राम दुवाल, वडा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत छनौट हुनु भएको छ। वडा नं ८ र १० सर्वसम्मतको नाम गत अंकमा प्रकाशित गरिएको छ । नेपाली कांग्रेस पनौती नगर वडा नं १ मा जय तामाङ , वडा नं २ मा पुस्पराज बोलखे र वडा नं ६ मा सुधिर सापकोटा सर्बसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवारमा छनौट हुनु भएको छ। नेपाली कांग्रेस मण्डन देउपुरबाट वडा वडा नं १० कुमार मोक्तान र वडा नं ११ मा मुकुन्द सापकोटालाई वडा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत गरेको छ। त्यस्तै गरी नेकपा एमाले धुलिखेलमा वडा नं ३ मा गणेश आचार्य वडा नं ४ मा कमल राय, वडा नं ६ मा आनन्द सागर यगोल , वडा नं ७ मा अमित कोजु , वडा नं १० मा पुष्प राउत , वडा नं९ मा चन्द्र प्रसाद हुमागाई र वडा नं१२ मा मोहन लामीछाने वडा अध्यक्षको उम्मेदवारीमा सर्वसम्मत हुनु भएको छ । त्यस्तै गरी नेपाली कांग्रेस धुलिखेल बाट वडा नं ७ मा दिपेन्द्र देवजु र वडा नं १० मा गोविन्द भण्डारी वडा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत हुनु भएको छ । त्यस्तै गरी नेकपा एमाले धुलि खेल वडा नं ३ ज्ञानु तामाङ , वडा नं ६ बाट भरत बहादुर शिवभक्ति , वडा नं ७ बात रमेश खरेल वडा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत हुनु भएको छ । नेपाली कांग्रेस भुम्लु वडा नं ५ वात अञ्चल लामा र वडा नं. १० बात चित्र बहादुर तामाङ, वडा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत हुनु भएको छ ।  त्यस्तै गरी माओवादी केन्द्र मण्डन देउपुर वडा नं ४ मा उत्तम मणी सापकोटा , वडा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत हुनु भएको छ। त्यस्तै गरी नेकपा एकीकृत समाजवादी बनेपा वडा नं ६ मा सचितानन्द केसी वडा अध्यक्षमा सर्वसम्मत हुनु भएको छ भने बनेपा नगर जसपा वडा नं ५ मा श्याम सेवाचार्य , वडा नं ७ मा सञ्जिव थापा वडा अध्यक्ष उम्मेदवारमा सर्वसम्मत हुनु भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्