पाँचखाल, नेकपा एकीकृत समाजवादी पाँचखाल नगरकमीटीले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न गरेको छ । शहरी विकास मन्त्री रामकुमारी झँक्रीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री झाँक्रीले केपी ओलीको दम्भ र अहंकारले पतिनिधि सभा दुई दुई पटक विघटन गर्दा देश आजको अवस्थामा आएको बताउँदै संविधान र लोकतन्त्रको रक्षाको लागि स्थानीय, प्रदेश र संघीय निर्वाचन सम्म गठवन्धन आवश्यक रहेको धारणा राख्नुभयो । संविधान सभा सदस्य बिदुर सापकोटा, बागमती प्रदेश सांसद लक्ष्मण लम्साल लगायतले मन्तव्य राख्नुभएको थियो । उक्त भेलाले युवा संघ नेपाल पाँचखाल नगरकमीटीको अध्यक्षमा सिमान्त कुमार बजगाई लगायत ५१ सदसीय कमीटी समेत गठन गरेको छ । नेकपा (एकीकृत समाजवादी) पाँचखाल नगरकमीटी अध्यक्ष रविन्द्र शिपखानको सभापतित्वमा सम्पन्न कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ६ वडा अध्यक्ष रामशरण दुलाल, पाँचखाल नगर इन्चार्ज हरेराम सापकोटा लगायतले मन्तव्य राख्नु भएको थियो ।
