IMG-LOGO

लायन्स र लियो क्लव पनौतीको साधारण सभा

 मंगल, चैत २९, २०७८  ---

 

     लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक घद्दछ ब्द्द नेपाल अन्तरर्गत लायन्स क्लब अफ पनौती तथा लियो क्लब अफ पनौतीको छैटौँ वार्षिक साधारण सभा शनिबार जंगल साईट रिसोट क्लवका अध्यक्ष लायन विवेक भट्टराईको सभापतित्वमा सम्पन्न भयो । आगामी लायन वर्ष २०२२÷०२३ को लागि नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

     अगामी व्गथि ज्ञकत द्दण्द्दद्द बाट शुरु हुने कार्यक्रमको लागि लायन्य क्लब अफ पनौतीको तर्फबाट अध्यक्ष लायन मोहन विक्र के.सी प्रथम उपाध्यक्ष लायन राजेन्द्र पसछें, द्धितीय उपाध्यक्ष लायन हरीशरण कार्की, तृतिय उपाध्यक्ष रमेश राजलवट, सचिव सिद्धि नारायण मानन्धर, कोषाध्यक्ष अच्युत सापकोटा साथै लियो क्लब अफ पनौतीको तर्फबाट अध्यक्ष रविन्द्र कर्माचार्य प्रथम उपाध्यक्ष, सुजन रघु श्रेष्ठ, तृतिय उपाध्यक्ष अभिषेक चौहान रहनु भएको छ । कार्य समितिलाई पूर्व अध्यक्ष लायन राजेश कुमार श्रेष्ठ तथा निर्वाचन अधिकृत लायन अरुण कर्माचार्यले प्रमाणपत्र प्रदान गर्नुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्