बनेपा नगरपालिकाले निर्माण गरेको १ हजार ६ सय सिंढी जनप्रतिनिधिहरुले अवलोकन गरेको छन् । बनेपा वडा नं ५ र ६ नंं वडामा सिंढी स्थलको बिच भागमा मन्दिर र शौचालय र धाराहरु निर्माण गर्न बाँकी रहेको छ । निर्माण भएको सिंढीको संघीय सांसद एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा, नगर प्रमुख लक्ष्मी नरसिंह बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, वडाका वडा अध्यक्ष सहितको जनप्रतिनिधिहरु र कर्मचारीहरुले १ हजार ६ सय सिंढीको अवलोकन गर्नुभएको थियो । फ्लिमि सिटी स्मार्ट, सिटी अन्तरगत पुराना धारा तथा पोखरी र मन्दिरहरुको पुनः निर्माण, बासुकी पार्क निर्माण, भूकम्पबाट पूर्णक्षति भएका सामुदायिक भवनहरुको निर्माण, सडक कालोापत्रे जस्ता भौतिक पूर्वाधार निर्माण कार्यले सार्थकता पाएको कुरा नगर प्रमुख लक्ष्मी नगरसिंह वादेले बताउनुभयो ।
चण्डेश्वरी मन्दिरको प्रवेशद्वारबाट बनेपाको गोसाइस्थान धार्मिक पर्यटक स्थल चण्डेश्वरी र गोसाइ स्थानको सामुदायिक वनको स्थल धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आन्तरिक तथा बाहिय पर्यटक भित्राउने योजनाकासाथ अघि बढेको कुरा बनेपा नगरपालिका बरिष्ठ राजश्व अधिकृत ध्रुवराज नेपालले बताउनुभयो । बनेपा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारीका अनुसार बनेपा नपा र पर्यटन मन्त्रालयको ५ करोड ३५ लाख लागतमा सिंढी निर्माण आयोजना शुरु गरिएको बताउनुभयो । करिब डेढ किमीको सिंढी वरिपरि क्षेत्र ८ फिट चौडाँइ साइड ड्रेन, पार्कीङ, बगौँचा, सार्वजनिक शौचालय पिकनिक स्पट लगायतका पूर्वाधार संरचनाहरु सिंढीको स्थलको वरिपरि निर्माण हुनेछन् ।
