नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रे शाखाको शनिबार सम्पन्न ७ औँ साधारण सभा तथा चौथो अधिवेशनले उमेशरत्न शाक्यलाई अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्ष निरन शाक्य, सचिव विकास शाक्य, कोषाध्यक्ष रुपेश शाक्य, सहसचिव धु्रवकृष्ण ताम्राकार, सदस्यहरुमा राकेश शाक्य, विवेकरत्न शाक्य, संखराज शाक्य, रुपेन्द्र शाक्य, मणिक शाक्य र राजु शाक्य निर्वाचित हुनुभएको छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष मणिकरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, महासंघको पूर्व अध्यक्ष मणिरत्न शाक्य, उपाध्यक्ष दियशरत्न शाक्य, बागमती प्रदेश अध्यक्ष ज्योतिरत्न बज्राचार्य लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष दनकाजी शाक्यले गर्नुभएको थियो ।
