IMG-LOGO

धुलिखेल वडा नं. ९ देवीस्थान र बजगाइ डाँडाँको खानेपानी उदघाटन

 मंगल, चैत २९, २०७८  ---

     धुलिखेल नगरपालिकाको एक घर एक धारा जडान गरी नगरवासीलाई गुणस्तरीय पिउने पानी पु¥याउने योजना एकपछि अर्को पुरा हुँदै गएको छ । धुलिखेल नगरपालिका वडा नं. ९ देविस्थान र बजगाइ डाँडाँ उपभोक्ताले सुद्ध पिउने पानी प्राप्त गर्ने भएका छन् । गत विहिबार र शुत्रबार नगरप्रमुख अशोक व्याञ्जुले राना छाप र बजगाइ डाँडाँ निर्मित खानेपानी आयोजनाको उद्घाटन गर्नु भयो । उक्त खानेपानी आयोजनाबाट ४४ घर धुरी लाभाम्वीत हुने भएका छन् । धुलिखेल नगर उप–प्रमुख विमला शर्मा, धुलिखेल वडा नं. ९ वडा अध्यक्ष बसन्त रानाभाट र स्थानीय  उपभोक्ताको उपस्थिति रहेको  थियो । धुलिखेल–९ काभ्रे भञ्जाङ र दारिमबोट  खानेपानी आयोजना १ करोड, भाटगाँउ ४० लाख, फस्कोट डिपबोरिङ गर्न २५ लाख जुन शिलान्यास भइ सकेको छ । उक्त योजना सम्पन्न हुँदा ९,१०, ११ र १२ गरी ४ वडाका १ सय ५० घर धुरीले पानी उपभोग गर्न पाउने कुरा धुलिखेल वडा नं. ९ का वडा अध्यक्ष बसन्त रानाभाटले बताउनु भयो । ठूलीटार २५ लाख, काभ्रे भन्जाङ र दारीमबोट १ करोडको योजनाको सम्झौता गइ कार्य शुरु भएको छ । ९ नम्बर वडाको सबै खानेपानी आयोजना सम्पन्न हुँदा १ हजार १ सय ९४ घर धुरीका उपभोक्ताले सुद्ध पीउने पानी उपभोग गर्न पाउने छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्