पनौती, पनौती स्थित पुरानो बजारमा भोलीबाट हरसिद्धि जात्रा हुने भएको छ । साठी वर्षदेखि पनौतीमा मनाउन थालिएको हरसिद्धि जात्राले निरन्तरता पाउन सकेको थिएन । वि.सं. २०६६ देखि जनसहभागिताबाट रकम संकलन गरी भव्यरुपमा जात्रा सञ्चालन गरिँदै आएको छ । त्रिशक्ति हरसिद्धिको पनौतीमा बास बसुञ्जेल अन्य बाजा बजाउन नहुने र पूजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको छ । करिव दुई हजार वर्ष पहिले हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ । जात्रा ललितपुरको हरसिद्धि गाउँस्थित महाजनहरुको विशेष तान्त्रिक विधिबाट चल्दै आएको छ । हरसिद्धि गाउँबाट बाहिर भने १२ वर्षमा एक पटक मात्र जात्रा लाग्छ ।
