धुलिखेल, धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । नेपाली कांग्रेस सत्ता घटकको ५ दलीय गठवन्धनबाट मोर्चाबन्दीका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कृष्णभुषण खोजु, सचिवमा नेपाली कांग्रेसका श्याम दर्शन गणेजु र कोषाध्यक्षमा नेकपा माओवादीका प्रभात श्रेष्ठ निर्वाचित भएका छन् ।
