IMG-LOGO

सञ्चार मन्त्री कार्कीद्वारा सुरक्षण मुद्रण केन्द्रको शिलान्यास

 मंगल, चैत २२, २०७८  --

      बनेपा, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गत मंगलबार पनौती नगरपालिका वडा नं ५ मा बहुउद्देश्यीय सुरक्षण मुद्रण केन्द्र भवनको शिलान्यास गर्नुभयो । उक्त भवन ३५ करोड लागतमा ०७९ कार्तिक सम्ममा सम्पन्न हुने जनाएको छ । पासपोर्ट बैँक नोट, बैँक कार्ड, अन्तशुल्क, स्टिकर र लाइसेन्स जस्ता महत्वपूर्ण छपाइ कार्य यस सुरक्षण मुद्रण केन्द्रमा छपाई कार्य हुनेछ । उक्त समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सुरक्षण मुद्रण छपाइ प्रेसको लागि आवश्यक पर्ने जनशक्ति र आवश्यक तालिमको लागि मन्त्रालयले कामकारवाही अघि बढाएको बताउनु भयो  । समारोहमा सुरक्षण मुद्रण विकास समितिका कार्यकारी निर्देशक विकल पौडेल, नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामा, पनौती नगरपालिकाका नगरप्रमुख भिम न्यौपाने लगयतको आतिथ्यता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्