साविक उग्रचण्डी नाला गाविसमा २०५४ सालको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित गाविस उपाध्यक्ष केशचन्द्र श्रेष्ठ आइतबार नेपाली कांग्रेस पार्टी प्रवेश गर्नु भएको छ । सोहि दिन खानीखोला ४,५ र ६ वडाका नेकपा एमाले र माओवादी केन्द्रबाट २० जना जति नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको छन् ।
नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले टिका लगाइ सदस्यता प्रमाण पत्र दिई पार्टी प्रवेश गराउनु भएको हो । जिल्ला उपसभापति ठाकुर न्यौपाने, पूर्व जिल्ला सदस्य एवं युवा नेता उद्धव नेपाल, नेपाली कांग्रेस बनेपा नगरसभापति महेश कर्माचार्यको आतिथ्यता रहेको थियो ।
