बनेपा÷जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा जिल्ला भित्र रहेका सहकारी संघ÷संस्थाहरुको उपस्थितीमा ६५ औं राष्ट्रिय सहकारी दिवस भब्य रुपमा सम्पन्न भएकोे छ । संघका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रमको राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक सदस्य तथा बागमती प्रदेश सहकारी समन्वय उप समितिका संयोजक डि. बि बस्नेतको प्रमुख आतिथ्यतामा भएको हो । प्रत्येक बर्ष सहकारी अभियानकर्मीहरु बीचको सहभागितामा विविध कार्यक्रमहरु गर्दै आइरहेको संघले यस बर्ष सहकारीका समसामयिक बिषय र आगामी कार्यदिशा सम्वन्धि अन्र्तक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बिषयवस्तुको कार्यपत्र राष्ट्रिय सहकारी बैंकका कार्यकारी अधिकृति बद्री गुरागाँईले प्रस्तुत गर्नुभएको थियो । १५० जना भन्दा बढी सहकारी अभियानका विभिन्न प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला भित्र रहेका बिषयगत संघका अध्यक्षहरु जितेन्द्र नकर्मी, सुमन नेपाल, बिधान जोशि, मेनेजर्स क्लवका उपाध्यक्ष गोपाल दाहाल, प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा लगायतको सहभागिता रहेको थियो । जिल्ला सहकारी संघ लि. का निबर्तमान अध्यक्ष विनोद पराजुलीको सहभागिता रहेको थियो भने सहकारी बिज्ञ तथा कर सम्वन्धि ज्ञाता शेषमणी दाहालको समेत सहभािगतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । संघका उपाध्यक्ष अमन पोटे श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन संघका सचिव निरन्जन बिष्टले गर्नुभएको थियो ।
संघले आइतबार ६५ औँ सहकारी दिवसको अवसरमा कार्यालयमा नेपालको झण्डा, अन्र्तराष्ट्रिय सहकारी महासंघको झण्डा फेरेको छ भने बेलुका दिपावली सहितका कार्यक्रम सम्पनन गरेको अध्यक्ष दिलिप शर्माले जानकारी गराउँनुभयो ।
