IMG-LOGO

दलहरुलाई उम्मेदवार छनौट गर्न सकस

 मंगल, चैत २२, २०७८  --

      आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी शरगर्मी ह्वत्तै बढेको छ । नेकपा एमाले काभ्रे र नेपाली कांग्रेस काभ्रेमा जनप्रतिनिधि हुने अंकाक्षी अधिक हुँदा उम्मेदवारी छनौट गर्न सकस परेको छ । नेपाली कांग्रेसको २०७८ चैत्र २३ गते वडाबाट नगर, २५ गते देखि २७ गते सम्म पार्टीको प्रतिनिधिसभा क्षेत्र र २९ गते सम्म जिल्लामा उम्मेदवारी छनौट गरेर पठाउने परिपत्र केन्द्रको रहेको छ । त्यस्तै गरी चैत्र २९ गते र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख उपप्रमुखको उम्मेदवारी छनौट गरी जिल्लाले प्रदेश कमीटीलाई पठाउनै पर्ने छ । त्यस्तै नेकपा एमालेको पनि २०७८ चैत्र २३ गते देखि २५ गते वडा कमीटीबाट सिफारिस गरेर नगर र गाउँ कमिटीमा पठाउने र ३० गते सम्ममा जिल्लाको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र पालिकाको नगर प्रमुख उपप्रमुख उम्मेदवारको छनौट गरी पार्टी प्रदेश कमीटीमा पठाउनु पर्ने केन्द्रीय पार्टी कमीटीको सर्कुलर जारी गरेको छ ।

      काभ्रे जिल्लाको १३ पालिका मध्ये नमोबुद्ध नगरपालिका, चौरी देउराली, बेथानचोक, रोशी, भुम्लु, खानीखोला र महाभारत गाउँपालिका ७ पालिकामा क–कस्को चुनावी चर्चा छ प्रस्तुत गरिएको छ ।

       नेकपा एमालेबाट २०७४ को निर्वाचनमा नमोबुद्ध नगरबाट निर्वाचित नगर प्रमुख टिपी शर्मा तिमल्सिना पनि पार्टीले टिकट दिए पुनः दोह¥याउने चर्चा छ भने उपप्रमुख रामदेवी तामाङ नेकपा (एकृकीत समाजवादी) मा गएको हुँदा उठ्ने नउठ्ने निश्चित छैन भन्ने चर्चा छ । त्यस्तै नेकपा एमाले काभ्रेका सचिव राजन भूर्तेल, नेकपा एमाले नमोबुद्ध नगर कमीटी अध्यक्ष कृष्ण प्रसाद खनाल, नगर प्रमुखमा उठ्ने चर्चा छ । उपप्रमुखमा पवित्रा भूर्तेल, रमिला तामाङ उठ्ने चर्चा छ । त्यस्तै गरी नेपाली कांग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ लामा, उप–सभापति इन्द्रबहादुर दाहाल नगर प्रमुखमा उठ्ने चर्चा छ भने पालिकामा गठवन्धनको तालमेल भयो भने माओवादी केन्द्र नमोबुद्ध नगर कमीटी अध्यक्ष मिन्दु लामा र माओवादी केन्द्रबाट १० वडामा वहालवाला वडा अध्यक्ष रामृष्ण अधिकारी र नेकपा (एकीकृत समाजवादी) नमोबुद्ध कमीटी अध्यक्ष पुस्कर तिमल्सिनाको उपप्रमुखमा उठ्ने चर्चा छ ।

      त्यस्तै गरी चौरीदेउराली गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट च्ुनाव जितेका दिननाथ गौतम, उपाध्यक्ष ताराकुमारी चौलागाई पुनः दोहो¥याउने  चर्चा छ । माओवादी चौरी देउराली गाउँकमीटी अध्यक्ष तेजपन्त, नेपाली कांग्रेस चौरी देउराली गाउँपालिका सभापति शेर बहादुर तामाङ, नेपाली कांग्रेस काभ्रेका युवा नेता अस्वीन चौलागाइ, टुक प्रसाद चौलागाइ, माधव पन्त, विक्रम गौतम र रविन गौतमको पनि गाउँपालिका अध्यक्ष उठ्ने चर्चा  छ । पालिकामा कांग्रेससँगको गठबन्धन हुने विषयमा छलफल भए पनि निकर्षमा पुगेको छैन् । निष्कर्षमा पुग्ने कुरा  निक्कै टाढा रहेको एक स्थानीयले बताए । उपप्रमुखमा नेका बाट सुन्तली तितुङ लामा, पवित्रा लामा, सत्यादेवी गौतमको नाम समेत चर्चामा छ । नेकपा (एकीकृत समाजवादी) चौरी देउराली कमीटी अध्यक्ष कृष्ण प्रसाद चौलागाई गाउँपालिका अध्यक्षमा उठ्ने चर्चा छ । पालिकाका क–कस्को चर्चा       रोशी गाउँपालिकामा गत निर्वाचनमा निर्वाचित अध्यक्ष डि.वी लामा, उपाध्यक्ष लक्ष्मी बर्तौला  नेपाली कांग्रेस पार्टीबाट निर्वाचित हुनुहुन्छ । पार्टीले टिकट दिए पुनः दोहो¥याउने चर्चा छ । यसैगरी नेकपा एमाले रोशी गाउँ कमिटीका अध्यक्ष देवसागर लामा, त्यस्तै गरी एमालेबाट नै दिलिप तामाङ, अमित लामा र उपाध्यक्षमा बबिता बोहोराको नाम चर्चामा छ । नेपाली कांग्रेस रोशी गाउँपालिका दुधराज तामाङ, नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं १ सभापति समेत रहेका दिनेश लामा र नेपाली कांग्रेस काभ्रे जिल्ला सचिव गुणराज मोक्तान, युवानेता चन्द्र लामा समेत रोशी गाउँपालिकाको अध्यक्षमा उठ्ने दावि गरेको चर्चा छ । नेकपा माआवादी केन्द्र रोशी गाउँ कमिटीको अध्यक्ष मान विर लामा, नेकपा (एकीकृत समाजवादी) रोशी गाउँ कमिटी अध्यक्ष जगत शाहको नाम गाउँपालिकाको उपाध्यक्षमा उठ्ने  चर्चा छ । त्यो पनि गठवन्धनमा तालमेल भएमा सम्भव हुने कुरा एक स्थानीयले बताए ।

      त्यस्तै गरी भुम्लु गाउँपालिकामा गत निर्वाचनमा एमालेबाट निर्वाचित गुमानध्वज कुँवर पार्टीले टिकट दिए दोहो¥याउने तर टिकटको लागि नेताहरुकोमा दौडधुप नगर्ने, युवा पिढीँलाई टिकटदिए पनि आफू पार्टीको सिपाही भएकाले अरुलाई सघाएर जाने चर्चा छ । बर्तमान उपाध्यक्ष कल्पना श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)मा  गएकाले के हुने निश्चित नभएको बताइन्छ ।  नेकपा एमाले युवा नेता, युवा व्यवसायी, जिल्ला समन्वय समिति काभ्रेका सदस्य समेत रहेका शसक्त युवा प्रेम लामाको गाउँपालिका अध्यक्षमा दावी रहेको चर्चा छ । एमाले भुम्लु कमीटी अधयक्ष कृष्ण लामा समेत अध्यक्षमा चर्चा छ । उपाध्यक्षमा उर्मीला बराइली, कल्पना श्रेष्ठ समेतको चर्चा छ । त्यसै गरी नेपाली कांग्रेस भुम्लु गाउँ समिति सभापति दावा लामाको  अध्यक्षमा चर्चा रहेको छ । गठवन्धनको तालमेल भएमा उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष प्राणनाथ न्यौपाने र माओवादी भुम्लु कमीटीबाट एक महिलालाई उठाउने चर्चा छ । अहिले सम्म कुनै सहमती नभएको माओवादी एक कार्यकर्ताले बताए ।

      त्यस्तै गरी खानीखोला गाउँपालिकामा गत निर्वाचनमा एमालेबाट अध्यक्षमा निर्वाचित कृष्ण बहादुर खुलाल र उपाध्यक्ष रुकमेणी गुरुङको पुन दोहो¥याउने चर्चा छ । नेकपा एमाले काभ्रे युवा नेता मानबहादुर गोलेको नाम पनि अध्यक्षमा चर्चा छ भने एमालेबाट नै डम्बर बहादुर तिमल्सिनाको समेत नाम चर्चामा छ । नेपाली कांग्रेस खानीखोला गाउँपालिका सभापति दोर्जे जिम्बा, माओवादी केन्द्र खानीखोलाबाट अविरल जिम्बाको नाम गाउँपालिका अध्यक्षमा उठ्ने चर्चामा छ । त्यसै गरी महाभारत गाउँपालिकामा गत निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित कान्छालाल जिम्बा र उपाध्यक्ष एककुमारी माझीको नाम पुनः अध्यक्षमा र उपाध्यक्षमा दोहोरीने प्रवल सम्भावना रहेको चर्चा छ । गठवन्धनको तालमेल भएमा माओवादीले जितेको क्षेत्र माओवादीलाई र नेकपा (एकीकृत समाजवादी) ले तत्कालिन एमालेबाट जितेको क्षेत्रमा तालमेल गर्ने हुँदा महाभारत गाउँपालिकामा माओवादी केन्द्रले जितेको हुँदा पुनः पुरानैले टिकट प्राप्त गर्ने अवस्था छ ।

       नेपाली कांग्रेस महाभारत गाउँपालिकामा सागर मोक्तान र नेकपा महाभारत गाउँ कमिटीको अध्यक्ष नेकपा एमाले जगत मोक्तानको समेत महाभारत गाउँपालिकाको अध्यक्षमा उढ्ने चर्चा छ । कांग्रेस र एमालेको संगठन कमजोर रहेको छ भने नेकपा एकीकृत समाजवादीको त झनै कमजोर भएको क्षेत्र हो महाभारत गाउँपालिका, यस पार्टीबाट महाभारत गाउँपालिकामा पार्टी गाउँ कमिटीका अध्यक्ष समेत रहेका धनवहादुर आलेको नाम गाउँपालिका अध्यक्ष उठ्ने चर्चा छ ।

      बेथानचोक गाउँपालिकामा गत निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी हुनु भएका अध्यक्ष प्रेम बहादुर तिमल्सिना र उपाध्यक्ष सरिता लामिछाने पुनः दोहो¥याउने चर्चा छ । नेपाली कांग्रेसका युवा नेता भगवान अधिकारी, अर्का युवा नेता मछिन्द्र लामा त्यस्तै गरी रामहरी शर्माको पनि गाउँपालिकाको अध्यक्षको नाम चर्चामा छ । पार्टीले वर्तमान गाउँपालिकामा निर्वाचित अध्यक्ष, उपध्यक्षलाई नै यस पटक दोहो¥याएर टिकट दिएमा नेपाली कांग्रेस बेथानचोकले विद्रोह गर्ने पनि ठूलै चर्चा  छ । नेकपा एमाले वेथानचोक गाउँकमिटीका अध्यक्ष कमल तिमल्सिनाको पनि गाउँपालिका अध्यक्ष उठ्ने चर्चा छ । माओवादी केन्द्र बेथानचोकका पेमा लामा पनि गाउँपालिका अध्यक्ष उठ्ने चर्चा छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्