IMG-LOGO

काभ्रेमा थप १५ जना संक्रमित

 मंगल, असोज १३, २०७७  ---

पछिल्लो २४ घण्टामा काभ्रे जिल्लामा १५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । धुलिखेल नगरपालिकाबाट २ पुरुष ४ महिला, पनौती नगरपालिकाबाट २ पुरुष १ महिला, बनेपा नगरपालिकाबाट ४ महिला १ पुरुष र पाँचखाल नगरपालिकाबाट १ पुरुष गरी सोमबार १५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा हाल सम्म ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको, २१ जना अस्पताल तथा होम आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर १३५१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ४८१ जनाको मृत्यु भएको छ भने ५४ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशरभमा १९ हजार ६२४ संक्रिय संक्रमित छन् । १० हजार ९२९ जना होम आइसोेलेसनमा छन् भने ८ हजार ६९५ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २२५ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्