IMG-LOGO

स्वास्थ्यकर्मी संघ काभ्रेको अध्यक्षमा पुरुषोत्तम

 मंगल, चैत १, २०७८  ---

 

      राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कार्य समिति काभ्रेको तेस्रो जिल्ला अधिवेशन शनिबार बनेपा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । संविधान सभा सदस्य तथा नेकपा एमाले वागमती प्रदेश कमिटी उपाध्यक्ष रामहरी सुवेदीको प्रमुख आतिथ्यता एवं संघका अध्यक्ष पुरुषोत्तम तिमल्सिनाको सभापत्विमा सम्पन्न भएको  कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल केन्द्रीय उपाध्यक्ष तथा वागमती प्रदेश संयोजक रामहरी ढकाल, प्रदेशसभा सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी काभ्रेको उपाध्यक्ष चन्द्र लामा, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल केन्द्रीय महासचिव डा. झलक गौतम¸ राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल केन्द्रीय सदस्य सरोज थापा¸ राष्ट्रिय चिकित्सा प्रयोगशाला संघ केन्द्रीय सदस्य दिपेश घिमिरे¸नेपाल प्राविधिक स्वास्थ्यकर्मी संघ जिल्ला कमिटि अध्यक्ष सन्दीप केसी, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मोर्चा संगठन संयोजक कञ्चन अधिकारी लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

      कार्यक्रममा लामो समय सम्म स्वास्थ्य क्षेत्रमा कार्यरत रहेर सेवा निवृत्त भएका १५ जना स्वास्थ्यकर्मीहरुलाई सम्मान गरियो । यसैबीच राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको तेस्रो जिल्ला अधिवेशनवाट पुनः पुरुषोत्तम तिमल्सीनाको अध्यक्षतामा कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्ष रेणुका घोले, सचिवमा एविन्द्र क्षेत्री, कोषाध्यक्षमा नारायणकृष्ण नयाजु,  सह–सचिवमा कृष्णगोपाल दिस्ती रहनु भएको छ । त्यस्तै  सदस्यहरुमा लता कोईराला, मथुरा सत्याल, तेज वहादुर लामा, हेमा संग्रौला, व्रह्रम कुमार शाही, उमेश तोलाङ्गे, चन्द्र सिं लामा, पेमा दोर्जे लामा, रीना तामाङ, झलक कुमार दर्लामी,अञ्जला तिमल्सीना, करुणा डंगोल, प्रविण मानन्धर, सविता रञ्जितकार र विजय मगर चयन हुनु भएको बताइएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्