जिल्ला अदालत बार ईकाई काभ्रेको अध्यक्षमा विष्णु प्रसाद सापकोटा निर्वाचित भएका छन् । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी कानुन व्यवसायी समूका सापकोटा सहित अन्य पदाधिकारीहरु विजयी भएका छन् । गठबन्धनबाट अध्यक्षमा विष्णु प्रसाद सापकोटा ४७ मत ल्याएर विजयी भएका छन् भने एमाले सर्मथक हरिशरण दाहालले ४२ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा पनि गठबन्धनका जयराम थापा ५७ मतसहित विजयी भए भने सचिवमा गठबन्धनकै महेश कुवँर ५३ मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा नारायणध्वज तामाङले ५४ मत र सहसचिवमा रमिता मानन्धरले ५९ मत ल्याएर विजयी भएका छन् । सदस्यहरुमा मुकुन्द मुनकर्मी, महेन्द्र कारञ्जीत, सुरेश केसी, पुष्पराज थापा, राजेन्द्र तिमल्सिना, हरिशरण बस्नेत, निरोजप्रसाद नेपाल, हरिगोपाल सापकोटा विजयी भए । यस्तै पार्षदमा बुद्धरत्न मानन्धर, विजयभक्त श्रेष्ठ, दिलिप ताम्राकार, राजु केसी र श्यामकृष्ण त्रिपाठी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
