IMG-LOGO

पिर गीत झिर बनेपछि

 मंगल, चैत १, २०७८  ---

      गायक प्रकाश सपुतले पिर नामको गीत बजारमा ल्याएपछि  केही ब्यक्ति र राजनीतिक दलले झिर महसुस गरेका छन्  । माओवादीको दश वर्षको शसस्त्र द्वन्दलाई शब्द संगीत र स्वर मात्र होइन भिडियो पनि मार्मिक ढंगले सार्वजनिक भएसँंगस भाइरल भएको यो गीतका बारेमा अनेक टिप्पणी गरिदै छ । जसरी पशुपति शर्माको लुट्न सके लुट् कान्छा बोलको गीतमा भएको थियो ।

      एउटा लक्ष्य लिएको आन्दोलन बीचमा अचकल्टो हुँदा बैरीले कति समयसम्म योजनाका साथ लखेटेर आच्छु आच्छु पार्छ भन्ने कुरा अहिले तत्कालीन आन्दोलनमा लागेका माओवादीहरुले बुझेका होलान् । संसारमा श्रष्टाले बिक्री गर्ने भनेकै मानवीय संमवेदनशीलता हो । चाहे त्यो गाएर होस चाहे त्यो उपन्यास कथा लेखेर होस वा फिल्म बनाएर होस । संगीत त निर्दोष हुन्छ शब्दले पो मान्छेलाई समेट छ वा ठेगान लगाउँछ । पीर गीत नराम्रो छैन कोही कसैले आपत्ति गर्नुपर्ने कुरा नै छैन किनभने यसले अहिलेको नेपाली समाजको चित्र लय संगीतमा बेजोड भएको छ । यस्ता गीत अझ आउनु पर्छ । नेपालमा पीर गीतले जस्तै भारतमा द कस्मीर फिल्मले तहल्का मचाउन सफल भएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्