IMG-LOGO

उत्पीडित जातिय मुक्ति समाज काभ्रेको तेस्रो जिल्ला अधिवेशन

 मंगल, चैत १, २०७८  ---

      “जातपात र छुवाछुत प्रथाको पूर्ण अन्त्य, समतामूलक समाज निर्माण हाम्रो लक्ष्य” नाराका साथ नेपाल उत्पीडित जातिय मुक्ति समाज काभ्रेको तेस्रो जिल्ला अधिवेशन धुलिखेलमा सोमबार सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य रामहरि सुवेदी, नेकपा एमाले जिल्ला अध्यक्ष अशोक व्याञ्जु लगायत नेताहरुको उपस्थिति रहेको थियो । विविध सांस्कृतिक कार्यक्रम समेत भएको कार्यक्रममा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि बास्कोटाले स्वागत गर्नुभएको थियो ।  कार्यक्रमको सभापतित्व जिल्ला अध्यक्ष खड्ग बहादुर पुरकुटीले गर्नु भएको थियो । उक्त अधिवेशनले तेज नेपालीको नेतृत्वमा नयाँ कमिटी गठन गरेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्