बनेपा, काभ्रे जिल्लाकै जेठो क्याम्पस काभ्रे बहुमुखी क्याम्पसको तेस्रो सभा शनिबार क्याम्पस सभा हलमा समपन्न भयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थको सभापतित्वमा तथा नेपाली कांग्रेसका पूर्व उप सभापति प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस प्रमुख केजी बैदारले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा राजनीतिकरण गर्नु नहुने बताउँदै शिक्षण सिकाइको पाठशालामा शैक्षिक गुणस्तर वृद्धिमा व्यवस्थापन पक्ष, शिक्षक वर्ग र अभिभावक वर्गको सकारात्मक चिन्तन र सतप्रयासले मात्र सम्भव हुने धारणा राख्नुभयो । क्याम्पसको शैक्षिक विकासमा सक्दो सहयोगी भूमिका खेल्ने नेका पूर्व उपसभापति प्रकाशमान सिंहले बताउनुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेश महामन्त्री कन्चनचन्द्र बादे, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि ध्रुव पोखरेल, क्याम्पससभा सदस्य रामराज धौभडेल, पूर्व प्राध्यापक रामशरण लुइटेल लगायतले क्याम्पसले काभ्रे जिल्लाको शिक्षा क्षेत्रको विकासमा इटा थप्ने कार्य गरेको चर्चा गर्नु भएको थियो । एम ए समाज शास्त्रमा राम्रो नतिजा ल्याउन सफल छात्र छाात्रालाई केदारनाथ विद्धत वृतिको पुरस्कारद्वारा सम्मानित गरिएको थियो । पुरस्कृत हुने विद्यार्थीहरुमा मदन सापकोटा, शान्ति बोगटी (भूर्तेल), रमेश प्रसाद तिवारी, सोनिया सापकोटा र सम्झना शर्मा रहनु भएको छ । क्याम्पसमा द्यऋब्, द्यक्ष्ऋत्भ्, एब्, द्यद्यक्, द्यब्ध्, द्यब्, ःब्क्त्भ्च् लेवलमा ःद्यब्, द्य।भम। लगायतका विषयहरु अध्यापन गराई क्याम्पसले शैक्षिक क्षेत्रमा योगदान पु¥याएको क्याम्पस प्रमुख केजी बैदारले बताउनुभयो ।
