राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रेका संस्थापक एवं समाजसेवी गोपाल सिंह मुस्याजुको ९५ वर्षको उमेरमा निधन भएको छ । ४३ दिन देखि नर्भिक अस्पताल थापाथलीमा उपचारको क्रममा २०७८ फागुन २५ गते निधन भएको हो । कोभिड–१९ संक्रमणले थलिनु भएका मुस्याजु १४ दिन पछि निको भए पनि फोक्सोमा ईन्फेक्सन भए पछि बुबालाई सिसीयुमा राखेर उपचार गरिएको कुरा छोरा उदय सिंह मुस्याजुले बताउनुभयो । मुस्याजुका २ छोरा र ४ छोरीहरु हुनुहुन्छ ।
२०६० सालमा राजा ज्ञानेन्द्रको शासनकालमा काभ्रे जिल्ला सभापति समेत हुनु भएका गोपाल सिंह आधा दर्जन सामाजिक संघसंस्थाको नेतृत्व तहमा रहेर सेवा गर्नु भएका मुस्याजु प्रति काभ्रे टाइम्स र रेडियो एविसी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।
