बनेपा ÷ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा चैत २ गते (बुधबार)ं बनेपामा आउनुहुने भएको छ । नेपाली काँग्रेस बनेपा नगरसमितिद्धारा आयोजित बधाई, शुभकामना तथा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न महामन्त्री थापा बनेपा आउनुहुने भएको हो ।
उक्त कार्यक्रममा बागमती प्रदेश समितिका सभापति इन्द्र बानियाँ, नेपाली काँँग्रेस केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, उर्मीला नेपाल केसी, गणेश लामा, बागमती प्रदेश महामन्त्रीद्धय कञ्चनचन्द्र बादे, राजु श्रेष्ठ, जिल्ला सभापति तीर्थ लामाले सम्बोधन गर्नुहुने नेपाली काँग्रेस बनेपा नगर सभापति महेशकुमार कर्मचार्यले जानकारी दिनुभयो ।
काँग्रेसमा प्रवेश गर्ने छन । त्यस्तै महामन्त्री थापाले एमसीसीका बारेमा थप प्रष्ट पार्ने गर्जन सहित, समसामायिक राजनीतिक घट्नाक्रम, काँग्रेसले गरेका विकास निर्माण र आगमी दिनमा गर्ने कामका बारेमा सम्बोधन गर्नुहुने छ । बनेपा नगर समितिले बनेपा पार्टी भेन्युमा चैत २ गते ११ बजेबाट कार्यक्रम सुरु हुने जनाएको छ । कार्यक्रम बनेपा बजार ¥याली गर्ने काँग्रेसले तयारी गरेको नेपाली कांग्रेस बेनपा नगर समितिले जनाएको छ ।
गोपाल सिंहको निधन
