पतंजली योग समिति काभ्रेले महाशिवरात्रीको अवसरमा चण्डेश्वरी मन्दिरको प्रांगण बनेपामा विगत बर्षहरुमा झै यस वर्षमा पनि अखण्ड गायत्री मन्त्र महामृत्युजन्य जप तथा यज्ञको आयोजना गरिएको छ । विहान ६ बजेदेखि बेलुका ६ बजे सम्म आयोजना गरिएको उक्त जप तथा यज्ञमा बाग्मती प्रदेशका योग साधक र साधिकाहरु साथै काभ्रे जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उल्लाहसमय सहभागिता रहेको थियो ।
सो जप तथा यज्ञ कार्यक्रममा राष्ट्रिय सभाका सांसद कमला पन्त, नेपाली काग्रेसका केन्द्रिय सदस्य मधु आचार्य, पूर्व केन्द्रिय सदस्य शिव प्रसाद हुमागाई, बनेपा नगरका नगर प्रमुख लक्ष्मीनरसिंह बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, धुलिखेल नगर प्रमुख अशोक व्याञ्जु, उपप्रमुख विमला शर्मा, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण वैद्य, स्थानिय व्यापारी, विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार वर्ग र सर्वसाधारणबाट जप तथा यज्ञ गरी हर्षोउल्लाहसका साथ महाशिवरात्री पर्वलाई धार्मिक अनुष्ठानमय रुपमा मनाईएको थियो ।
पतंजली योग समिति काभ्रे महिला योग समितिका अध्यक्ष अनु श्रेष्ठ संयोजक रहनुभएको उक्त कार्यक्रममा पतंजली योग समिति बाग्मती प्रदेशका अध्यक्ष ग्रुविन तौजले, काभ्रे जिल्ला अध्यक्ष हरिशरण श्रेष्ठ, बाग्मती प्रदेश सदस्य सरिता शाक्य र दमन कुमार श्रेष्ठ, पंतजली काभ्रेका उपाध्यक्ष प्रकाश कायष्ठ, महिला उपाध्यक्ष ईन्दिरा तौजले, महामन्त्री मोहनकृष्ण श्रेष्ठ, पतंजली काभ्रे महिला पूर्व अध्यक्ष अञ्जना श्रेष्ठ, महिला समितिका महामन्त्री कमला राजभण्डारी, संगठन मन्त्री द्धय श्याम श्रेष्ठ, पूण्य श्रेष्ठ, कोषाध्यक्ष द्धय कान्छा कुमार श्रेष्ठ, निर्मला श्रेष्ठ र मन्त्री द्धय माधव श्रेष्ठ र लक्ष्मी उलकले सहभागीहरुलाई स्वागत तथा प्रसाद वितरण गरी सम्पन्न भएको उक्त कार्यक्रममा हजारौं जनाको सहभागीता रहको थियो ।
