स्व. रामचन्द्र कायस्थको १४ औं स्मृतिको अवसरमा उँहाको छोरी अनिला कायस्थले आजाद मा.वि बनेपाका विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गर्नु भएको छ । प्रत्यक वर्ष बुवाको स्मृतिमा सामुदायिक विद्यालयलाई सहयोग गर्दै आउनु भएका कायस्थले उक्त विद्यालयका ८९ जना (शिशु देखि कक्षा ५ सम्मका ) विद्यार्थीहरुलाई आईतवार स्कुल प्राङ्गणमा एक कार्यक्रम विच पोशाक हस्तान्तरण गर्नु भयो । आफू अध्ययन गरेको विद्यालयमा सहयोग गर्न पाँउदा खुशी व्यक्त गर्नुहुँदै गुयास्तरीय शिक्षा प्रदानमा सबै एकजुट हुनु पर्ने धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामनारायण श्रेष्ठ,युवा नेता सवर प्रजापति,कायस्थ परिवार,पत्रकार विद्यार्थी शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो । वि. स. २००७ मा स्थापना भएको आजाद मा. विमा ३५३ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
