IMG-LOGO

जनमुखी साकोसमा उद्धवको नेतृत्व

 मंगल, फागुन २४, २०७८  ---

जनमुखि साकोसको १४ औं साधारण सभा

     जनमुखि बचत तथा ऋण सहरकारी संस्था लि. धुलिखेल नगरपालिका–८ वडाल गाउँको १४ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष उद्धवप्रसाद बडालको सभापतित्व तथा काभ्रे पलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष जितेन्द्र नकर्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जितन्द्र नकर्मीले सहकारी संस्थाहरुको स्थाथित्व र विकास गर्न सक्षपताको खाँचो रहेकाले त्यता तिर ध्यान दिनुपर्ने उल्येख गर्नुभयो । सक्षमता विकास सुशासन र पारदर्शीता कायम राख्न जिल्ला बचत संघले भूमिका खेलेको, थप प्रभाकारी बनाउने कार्यमा नयाँ नेतृत्व अघि बढेको प्रमुख अतिथि नकर्मीले बताउनु भयो । काभ्रे जिल्लामा १ हजार ४ सय ९५ सहकारीहरु मध्येमा बचत तथा ऋणको कारोबार गर्ने संस्था ७ सय ४५ रहेका छन् । सहकारी संस्थाहरुको अवस्थालाई मजबुद बनाउन पल्स नीति अंगाल्नु पर्ने सुझाव दिनु भयो ।

     लेखा सुपरीवेक्षण समितिका संयोजक चिन्तामणी चौलागाइले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा सचिव रमेशप्रसाद वडालले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो कोषाध्यक्ष रमेश प्रसाद न्यौपानेले आगामी वर्षको प्रस्तावित बजेट प्रस्तुत गर्नु भयो । ४ सय ४६ शेयर सदस्यबाट २९ लाख ७४ हजार ६ सय शेयर पूजी संकलन गरेको छ । १ करोड ६८ लाख १६ हजार १ सय ९७ बचत निक्षेप संकलन, ४ लाख ७४ हजार ९ सय ५३ जगेडा कोष रहेको संस्थाको २ करोड २५ लाख ५८ हजार ४९ कारोबार गरेको छ । १ करोड ५ लाख ४७ हजार ९ सय २३ व्यक्तिगत ऋण लगानी रहेको संस्थको कुल व्याज आम्दानी १६ लाख ४९ हजार ९ सय ६६ रहेको छ । पशु विमा कार्यक्रम र सुत्केरी स्याहार कार्यक्रम सञ्चालन गर्दै आएको कुरा संस्थाका व्यवस्थापक नवराज वडालले जानकारी दिनुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक चिन्तामणी चौलागाइले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भयो । कार्यक्रममा जिल्ला बचत संघका सञ्चालक रुशन श्रेष्ठ, धुलिखेल नगरपालिका कार्यपालिका सदस्य एवं जनमुखिका सञ्चालक कृष्ण बहादुर भुजेल र सरस्वती मा.वि.का व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शर्मा लगाएतको आतिथ्यमा रहेको थियो ।

     १४ औं वार्षिक साधारण सभाले उद्धवप्रसाद वडालको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्ष अशोक कुमार केसी, सचिव रमेशप्रसाद वडाल कोषाध्यक्ष रमेशप्रसाद न्यौपाने सञ्चालक सदस्यहरु कृष्णबहादुर भुजेल, गणेश प्रसाद वडाल, सम्भु शार्की, जानुका चौलागाइ र चाँदनी चौलागाइ रहनु भएको छ । त्यस्तै गरी दामोदर वडालको संयोजकत्वमा प्रहल्लाद वडाल र जीतेन्द्र वडाल सदस्य रहेको लेखासुपरी वेक्षण समिति निर्वाचित गरेको छ । कार्यक्रममा उत्कृस्ट ऋणी उत्कृष्ट बचत कर्ता र उत्कृस्ट शेयर खरिद कर्तालाई पुरस्कृत गरिएको थियो । हरेक वर्ष पुरस्कृत गर्दै आएको संस्थागत विद्यालयका छात्रछात्रालाई सम्मानित गरियो ।

     संस्थागत विद्यालयमा अध्ययन गरी उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोरा छोरी मध्येका सुयोग वडाल, त्यस्तै गरी सरस्वती माध्यामिक विद्यालयमा अध्ययन गरी सफलता हाँसिल गरेका उत्कृष्ट अंक ल्याउने छात्र विधान बडाल र छात्रा स्वस्तिका चौलागाइलाई समान गरिएको थियो । निर्वाचन उपसमितिका संयोजक साधुराम बडाल, सदस्यहरु सानुराम सुवेदी र सुनिता सापकोटा (वडालले) निर्वाचित कार्य समिति र लेखासुपरीवेक्षण समितिलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्