बनेपा, सेना दिवस तथा महाशिवरात्रीको अवसरमा बनेपा नगरपालिकाले पुलबजार देखि बनेपा चारदोबाटो सम्म सरसफाई गरेको छ । गत मंगलवार अरनिको राजमार्ग पुलबजार देखि सडकको दाँया वाँया सरसफाइ गरिएको थियो ।
हातमा कुचोलिएर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्र.जि.अ. अमर दिप सुनुवार, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह वादे, उप–प्रमुख रेखा सापकोटा दाहाल नेपाली सेना नेपाल प्रहरी शसस्त्र प्रहरी, बनेपा नगरका कर्मचारीहरु लगाएतले सडक दायाँ वायाँ सरसफाइ गरेका थिए ।
