IMG-LOGO

चैतन्य मा . वि को ६१ औं वार्षिकोत्सव सम्पन्न

 मंगल, फागुन २४, २०७८  ---

 

     बनेपा न पा –८ वांख्योटोल स्थित चैतन्य मा .विको ६१ औं वार्षिकोत्सव  बनेपा नगरका नगर प्रमूख लक्ष्मीनरसीं बादे श्रेष्ठको प्रमूख आतिथ्यतामा सम्पन्न भयो । उहाँले नगरपालिका भित्रका शिक्षकहरुको दरबन्दी मिलानको सन्दर्भमा शिक्षकहरु राज्यका अरु कर्मचारीहरु जस्तो नहुने टिप्पनी गर्नुभयो । यस अवसरमा + संयोजक प्रभा मानन्धरको संयोजकत्वमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई कक्षा १२का विद्यार्थीहरुले स्वागत गरेको थियो ।

     यस वर्षका एसइइमा सर्वकृष्त अकं हासिल गर्ने संगीता मैनालीलाई मोहनलाल खिं प्रदान गर्नुको साथै अन्य कक्षाका सर्वकृष्त विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजभाइ मानन्धरको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा विद्यालयका प्र.अ जुजुभाइ मानन्धरले विद्यालयको वार्षिक आय व्यय प्रतिवेदन प्रस्तुत , स्वागत मन्तव्य पसुपति सिलवाल र कार्यक्रमको संचालन रोजी मुनांकर्मीले गर्नु भएको थियो ।  २०१७ सालमा स्थापना भएको यस विद्यालयमा हाल ४९७ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त वार्षिक उत्सव कार्यक्रममा अतिरिक्त क्रियाकलाप सहित सांस्कृतिक कार्यक्रम गरेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्