IMG-LOGO

सौन्दर्य कला व्यवसायीको प्रदर्शनी

 मंगल, फागुन २४, २०७८  ---

     सौन्दर्य कला व्यवसायी संघ काभ्रेको आयोजना त्रृmयटिभ वियुटीको सहयोगमा काभ्रे जिल्ला भरका सौन्दर्य कला व्यवसायी उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको प्रदर्शीनी कार्यक्रम विहीवार बनेपा पार्टी भेन्यूमा सम्पन्न भयो । त्रृmयटिभ वियुटीका अध्यक्ष अनुप कुमार श्रेष्ठको सभापतित्वमा तथा सौन्दर्य कला व्यवसायी केन्द्रीय संघकी अध्यक्ष कमला श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत मनतव्य काभ्रे लेडी जेसिस सुनिता श्रेष्ठले गर्नु भएको थियो । प्रमुख अतिथि कमला श्रेष्ठले आपूmले विगत ४३ वर्ष अधि देखि सौन्दर्य कला व्यवसायमा लाग्दा देश मै ३÷४ जना मात्र आवद्ध भएको प्रसंङ्ग कोटयाउँदै अहिले देश भरीमा ४ लाख व्यवसाय रहेकोमा खुसि व्यक्त गर्दै काभ्रे जिल्लाको उद्यमी व्यसायीहरुले श्रृजनाशीलकार्य गरेर देशकै अनुकरणीय कार्य गरेको तर्क प्रमुख अतिथि श्रेष्ठले गर्नुभयो । सौन्दर्यकला व्यवसायले स्वरोजगरेको श्रृजना गर्नुका साथै राज्यलाई राजश्व तिरेर देश निर्माणमा सहयोग पु¥याएको बताउनु भयो । अब देशमानै सौन्दर्यका सामाग्रीको उद्योग सञ्चालन गर्न आपूm लागि परेको कुरा प्रमुख अतिथि श्रेष्ठले भन्नुभायो ।

     विशिस्ट अतिथिको आशनबाट बोल्दै जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले महिलाहरुको श्रृजनशिलता, क्षमता अभिवृद्धि सिपको बिकास गरी आर्थिक शसक्तिकरण हुन जरुरी रहेको बताउँदै देश निर्माणको आधा हिस्सा महिलाहरु नै रहेको दावी गर्नुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले देशको गरिमामय पद राष्ट्रपति, प्रधान न्यायाधिस, सरकारी प्रशासनिक क्षेत्रको उच्च ओहोदामा महिलाहरु पुग्न शिक्षा, सिपको क्षमताले सम्भव भएको उल्लेख गर्दै लोकतन्त्र प्राप्ति पछि महिला अधिकार सामाजिक न्यायको क्षेत्रमा क्रमिक सुधार भएको उहाँको तर्क थियो । दिन प्रतिदिन महिला हिंसा बढ्नु, दैनिक २ जनाका दरले झुण्डीएर र विष सेवनबाट जिल्लामा घटना घटेकाले यसको नियन्त्रणमा चेतना जगाउने कार्य आवश्यक रहेको प्रजिअ पाण्डेले बताउनु भयो । विभिन्न क्षेत्रमा कार्य गरेर समाजलाई योगदान पु¥याउनु हुने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

     सम्मानित हुनेहरुमा प्रमुख जिल्ला ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रमिला श्रेष्ठ, काभ्रेको पहिलो व्यूटिसीयन सुनिता सागर कोभिड–१९ महामारीमा जनताहरुलाई एम्बुलेन्स सेवा दिने साहसी महिला लक्ष्मी थापामगर, हिमालयन टेक्नेसीयन सिङ्गर कमला श्रेष्ठ लगाएत सम्मानित हुनु भएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य शुरकृष्ण वैद्य सौन्दर्य कला व्यवसायी संघ काभ्रेको अध्यक्ष सोभा थापा नकर्मी, काभ्रे लेडी जेसीस सुनिता वादे काभ्रे महिला उद्यमी व्यवसायी मञ्चको अध्यक्ष रामेश्वरी मानन्धर लगाएतको अतिथ्यतामा रहेको थियो । वियुटी सेमीनार र सौन्दर्य कला व्यवसायीबाट उत्पादन समाग्रीको प्रदर्शनीमा रोटरी क्लव अफ काभ्रे भ्याली क्लव धुलिखेल, काभ्रे महिला उद्यमी मञ्च, काभ्रे महिला जेशीस, रोटरी क्लव अफ काभ्रे बनेपा, काभ्रे कराते एकेडेमी, स्टेरेक्सी, त्रृmयटीभ व्यूटी सि एस सी नेपाल, वि एण्ड वि डेक्सटप र काभ्रेका सञ्चार माध्यमहरुले सहयोग गरेको आयोजकले जनाएको छु । कार्यक्रमको सञ्चालन मनिशा श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण रोटरी क्लव अफ धुलिखेलका पूर्व अध्यक्ष अशोक श्रेष्ठले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्