IMG-LOGO

घरेलु हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण

 मंगल, फागुन २४, २०७८  ---

 

     बनेपा ५ “हामी सबै को चाहना, हिंसामुक्त समाज निर्माण को कामना” भन्ने मुल नाराका साथको आयोजना मा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण एवं तालीम कार्यक्रम– २०७८ को सम्पन्न भएको छ! विशेष गरि वडा को दलित बस्तीका स्थानीयहरु लाई मध्यनजर राखी उक्त कार्यक्रम आयोजना गरिएको हो !

     कार्यक्रममा  विभिन्न स्रोतव्यक्तिहरुद्वारा घरेलु हिंसा सम्बन्धी ज्ञान दिईएको थियो। १८ गते शुभारम्भ कार्यक्रममा वडा अध्यक्ष बलराम अधिकारी,कार्यपालिका सदस्य उमा बैध लगाएतको उपस्थिति रहेको थियो!दलित महिला वडा सदस्य ज्ञानु मिजार को सभापतित्वमा भएको तालिम मा ५० जना को सहभागिता रहेको थियो !

     पहिलो दिन प्रशिक्षक रोशनी उपाध्याय र विजया सुवेदीले प्रशिक्षण दिनुभएको थियो। दोश्रो दिन प्रहरी       कार्यालयका प्रतिनिधिले लागू औषध ,कुलत दुर्व्यसन, लैंगिक समानताको बारेमा प्रशिक्षक निर्मला काफ्ले बाट मनोविमर्श सम्बन्धी र प्रशिक्षक राकेश लामिछाने द्वारा पारिवारिक शिक्षा को बारेमा प्रशिक्षण दिनुभएको थियो ।

     समापन समारोह वनेपा नगरपालिका का नगर प्रमूख लक्ष्मी नरसिंह बादे श्रेष्ठ को प्रमूख आतिथ्यता काभ्रे उद्योग बाणिज्य संघका महासचिव रवीन्द्र बैदार को बिशेष आतिथ्यता तथा दलीत महिला सदस्य ज्ञानु मिजारको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बनेपा नगरपालिका ५ न वडा अध्यक्ष बलराम अधिकारी, कार्यपालिका सदस्य उमा बैध, समाजसेवी जङ्ग बहादुर महत, वासुदेव थापा लगायतले मन्तव्य राखेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्