फैसला कार्यन्वयनको सिलसिलामा सम्मानित अदालतबाट प्राप्त लागतहरुमा उल्लेखित फरार रहेका प्रतिवादीहरुको खोजतलास गर्दै जाने क्रममा नेपाल राष्ट्र बैंकको पत्रले वादी नेपाल सरकार प्रतिवादी का।प।जि। बनेपा न।पा। वडा नं। ०४ श्रीखण्डपुर टोल बस्ने मिन बहादुर के।सी।को छोरी वर्ष ५६ की जयन्ती के।सी। समेत भएको छुट्टाछुट्टै बैकिङ्ग कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७१।०१।२९ गतेको फैसलाले रु। ९,४७,९२,११६र७८ ९नौ करोड सर्टचालिस लाख बयानब्बे हजार एक सय सोह्र रुपैया अठ्हत्तर पैसा० जरिवाना र ३ वर्ष कैद तथा रु। २,३५,००,०००र( ९दुई करोड पैतिस लाख० जरिवाना र ३ वर्ष कैद गरी जम्मा ११,८२,९२,११६र७८ ९एघार करोड बयासी लाख बयानब्बे हजार एक सय सोह्र रुपैया अठ्हत्तर पैसा० जरिवाना र ३र३ वर्ष कैद सजाँय हुने ठहर भई फरार रहेकोमा मिति २०७७।०६।०८ गते ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले लुकीछिकी बसी रहेको अवस्थामा फेला पारी तत्काल कानुन बमोजिम पक्राउ गरी आजै सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतमा धुलिखेलमा पेश गरीएकोमा सम्मानित अदालतको आदेशले निज प्रतिवादी जयन्ती के।सी।लाई कैद जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाईएको व्यहोरा जानकारी गराईन्छ ।
